मौजुदा खोप दोस्रो हैन, पहिलो डोज लगाउन सुझाव

|

काठमाडौं : कोरोनाविरुद्धको खोप लगाएकाहरूको कोरोना भाइरस संक्रमणको असर कम भएको चिकित्सकहरूले बताएका छन्।

नयाँ भेरियन्टसहित दोस्रो लहरमा फैलिएको संक्रमणबाट मृत्यु हुने र संक्रमण हुने दर धरै भए पनि कोरोनाविरुद्ध कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाएर पनि संक्रमित भएका नागरिक सामान्य अवस्थाबाट निको भएको पाइएको चिकित्सकहरूले बताएका हुन्।

चिकित्सकहरुले बताएअनुसार ९५ प्रतिशत संक्रमितको मृत्यु खोप नपाएका छन् भने, ५ प्रतिशत पहिलो मात्रा खोप लगाएका छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवारोग विशेषज्ञ डा अनुप बाँस्तोलाका अनुसार हालसम्म खोप लगाएकाहरुको मृत्यु भएको छैन्।

अस्पतालमा जति मृत्यु भएको छ कोभिडविरुद्धको खोप नलगाएका रहेको र खोप लगाएर संक्रमण भएकाहरू पनि सामान्य अवस्थामा नै ठिक भएको बताए। उनले भने, ‘खोप लगाएकालाई पनि संक्रमण भएको छ तर दुवै डोज लगाएकालाई संक्रमणको असर एकदमै कम छ उहाँहरु सामान्य अवस्थामा नै संक्रमणमुक्त हुनुभएको छ।‘

उनले खोप उपलब्ध भए नागरिकको ज्यान बचाउन सकिने बताए। खोप लगाएका एक हप्तामै निको भएका छन्। बिना लक्षण संक्रमित भएका उनीहरू गम्भीर अवस्थामा पुग्‍नबाट जोगिएका छन् ।

बचेको खोप दोस्रो मात्राभन्दा पनि पहिलो मात्रा लगाएर धेरै नागरिक बचाउनुपर्ने सुझाव दिएका छन्। पहिलो डोज मात्रै खोप दिँदा पनि ९५ प्रतिशत नागरिक गम्भीर अवस्थामा पुग्‍नबाट जोगाउन सकिने रहेछ।

शिक्षण अस्पताल महाराजगञ्जका कोभिड चिकित्सक डाक्टर निरज बमले पनि दोस्रो मात्रा खोप लगाएका नागरिक कोभिड संक्रमणको असर खासै नभएको बताए।

उनले भने, ‘हाम्रो हालसम्मको अनुभवमा खोप लगाएका तर संक्रमण भएकाहरुमा संक्रमणको खासै असर देखिएको छैन उनीहरु सामान्य अवस्थामा नै ठिक हुनु भएको छ तर अहिले संक्रमणबाट गम्भीर अवस्थामा पुग्नु भएको  छ उहाँहरु धेरैले खोप नलगाएका हुनुहुन्छ।‘

यस्तै यस अघि संक्रमण भइसकेका र फेरी दोस्रो पटक संक्रमण भएकाहरुमा पनि खासै गम्भीर असर नदेखिएको उनले बताए। ‘यस अघि भदौ असोज तिर एक पटक संक्रमण भएको र फेरी अहिले पुन संक्रमण भएकाहरुमा पनि संक्रमणको खासै असर देखिएको छैन’ उनले भने।

सरकारले स्वास्थ्यकर्मी, संचारकर्मीलाई दोस्रो डोज खोप दिइसकेको छ। त्यस्तै ६५ वर्षमाथि उमेर समूहमा पनि पहिलो मात्रा लगाइसकेको छ। त्यसैले यो समूहमा संक्रमण कम भएको र संक्रमण भएकाहरु पनि सघन उपचार कक्षमा नपुगेको चिकित्सकको भनाइ छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार हाल अधिकारीले नेपालमा करिब २५ लाख जनसंख्याले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेको बताएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.