|

पर्वत : कोरोना संक्रमणबाट पैयुँ गाउँपालिका–७ का ६१ वर्षीय पुरुषको मृत्यु भएको छ। उनको घरमा नै आइतबार बिहान मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका सदस्य सचिव तथा स्वास्थ्य कार्यालय पर्वतका तथ्यांक अधिकृत प्रवीण भण्डारीले जानकारी दिए।

ती पुरुषलाई गत वैशाख २४ मा कोरोना भाइरस पोजेटिभ देखिएको थियो। अक्सिजनको मात्रा कम देखिएपछि उनलाई उपचारका लागि पोखरा लगिएको थियो। उपचारपछि स्वास्थ्य अवस्था राम्रो भएपछि घर पर्किएका उनको मृत्यु भएको हो।

यससँगै पर्वतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ। यीमध्ये १३ जनाको कोरोनाको दोस्रो लहर आएपछि मृत्यु भएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.