|

हेटौंडा : मकवानपुरको भीमफेदी गाँउपालिकाबाट २ थान १ नाले भरुवा बन्दुक बरामद गरिएको छ।

इलाका प्रहरी कार्यालय भीमफेदी मकवानपुरले बेवारिसे अवस्थामा रहेको २ थान भरुवा बन्दुक बरामद गरेको हो। इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठको नेतृत्वमा खटेको गस्ती टोलीले भीमफेदी–६ को स्याउली वनमा दुई थान भरुवा बन्दुक बरामद गरेको मकवानपुर प्रहरीले जनाएको छ।

बन्दुक रुखको चेपमा लुकाएर राखिएको अवस्थामा भेटिएको प्रहरीले थियो। बरामद बन्दुक कसको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिए। यसअघि केही दिनअघि भिमफेदी–७ मा र शनिबार बकैया गाउँपालिकामा भरुवा बन्दुक पड्केर दुई जना घाइते भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.