|

जनकपुरधाम : नेपाल पत्रकार महासंघ प्रदेश २ कार्य समितिले पहिलो बैठकले कोरोनाबाट निधन भएका रौतहटका पत्रकार मनोज कुमार चौधरी र सञ्चारउद्यमी रमादेवी यादव परिवारलाई ५१ हजार रुपैयाँ राहत सहयोग गर्ने निर्णय गरेको छ।

नेपाल पत्रकार महासंघका प्रदेश अध्यक्ष राजेश कुमार कर्णको अध्यक्षतामा आइतबार भएको भर्चुअल मिटिङमा सो प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो । मिटिङमा ११ बुँदामा छलफल गरिएको छ ।

मिटिङबाट पत्रकार कल्याण कोषको स्थापनाका लागि ११ सदस्यीय समितिसमेत चयन भएको छ। महासंघका प्रदेश अध्यक्ष राजेश कुमार कर्णको नेतृत्वमा सो समिति चयन हुने भएको छ ।

त्यसैगरी संक्रमित पत्रकारहरूको शीघ्र स्वास्थ्य लाभको कामना र निःशुल्क रुपमा उपचार हुनुपर्ने, दैनिक समाचार संकलन गर्ने पत्रकारहरूका लागि तत्काल सुरक्षा सामाग्री व्यवस्था हुनुपर्ने, कार्य समितिको परिचयपत्र बनाउनुपर्ने, खाता सञ्चालन हुनुपर्ने र प्रदेशको आफ्नो वेभसाइट निर्माण गर्नुपर्नेमा छलफल भएको छ ।

त्यस्तै मृतक परिवारका सन्तानहरूलाई निःशुल्क रुपमा पठनपाठनको व्यवस्था हुनुपर्ने, प्रत्येक जिल्ला जिल्लामा पत्रकार स्वास्थ्य बिमा गर्नुपर्ने र लोकल्याणकारी विज्ञापनको माग गरिएको छ।

त्यसैगरी बन्दाबन्दीको अवस्थामा विशेष गरी प्रिन्ट मिडियालाई मध्यनजर गरी प्रेस काउन्सिलमा समयमा पत्रिका नपुग्ने सम्भावना रहेकोले लोकल्याणकारीबापत पाउने विज्ञापनको रकम कट्टा नगर्नका लागि समेत पहल गर्नुपर्ने निर्णय भएको छ। तत्काल खाता सञ्चालनका लागि इमेलबाट नै माइन्टिङ तयार गर्ने र असोज मसान्तभित्रमा जनकपुरधाममा कार्यालय सञ्चालनमा ल्याउने विषयमा समेत छलफल भएको छ ।

यस अघि अध्यक्ष कर्णको अगुवाईमा प्रदेश २ सरकारलाई ज्ञापन पत्र बुझाउँदै कोरोनाका कारण ज्यान गुमाएका पत्रकारहरूलाई प्रदेश २ सरकारले उपलब्ध गराउने घोषणा गरिएको राहत उपलब्ध गराउन सहितका माग राखिसकिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.