बाँके : नेपालगञ्जबाट दाङको तुलसीपुर जाँदै गरेको अक्सिजन सिलिण्डर बोकेको गाडी दुर्घटना भएको छ। बाँकेको राप्तीसोनारी गाउँपालिका-२ अगैया नजिक जिप दुर्घटनामा परेको हो।
सोमबार दिउँसो भएको दुर्घटनामा सवारी चालक तथा सहचालक सकुशल छन् । जिपले २० थान ठुलो भरिएको अक्सिजन सिलिन्डर बोकेको थियो। जिपमा लोड गरिएको अक्सिजनलाई अर्को गाडीमा राखेर पठाउन लागिएको शम्शेरगन्ज प्रहरी चौकीले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।