यस्तो छ बागमती प्रदेशको अंकगणित

|

काठमाडौं : राष्ट्रियसभाको निर्वाचन रिक्त पदमा भोलि उपनिर्वाचन हुँदै छ। निर्वाचनमा नेकपा एमालेको तर्फबाट माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका गृहमन्त्री रामबहादुर थापा बादल र विपक्षी गठबन्धनबाट डा. खिमलाल देवकोटा उम्मेदवार छन्। 

देवकोटालाई एमालेकै नेता माधवकुमार नेपाल समूह, कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)को समर्थन छ।  

पार्टीभित्रको विवादले एमाले फुटको संघारमा पुगेपछि नेता नेपालको तर्फबाट राष्ट्रियसभा विपक्षीबाट देवकोटा उम्मेदवार चयन गरेको थियो। तर, प्रधानमन्त्री केपी शर्मा ओली र नेता नेपालबीच सहमतिपछि एमालेभित्र विवाद समाधान कार्यदलले समाधानको बाटो खोजिरहेको बेलामा राष्ट्रियसभा निर्वाचनले विवाद अर्को मोडमा पुग्नसक्ने नेताहरूले बताउँदै आएका छन्।

माधव नेपाल निर्णायक 

मंगलबार गृहमन्त्री बादल भोट माग्न नेता  नेपाल निवास पुगेका थिए। तर, नेता नेपालले आफ्नो प्रेस सहयोग मोहन गौमतमार्फत आफ्नो उम्मेदवार देवकोटा नै भएको कारणले बादललाई भोट नहाल्ने स्पष्ट पारेका थिए। 

तर, एमालेका प्रवक्ता प्रदीप ज्ञवाली भने नेता नेपालको तर्फबाट गृहमन्त्री बादललाई नै भोट आउनेमा विश्वस्त छन्। राष्ट्रियसभाको बागमती प्रदेशमा माधव समूह नै निर्णायक मानिएको छ। माओवादी छाडेर एमालेमा गएका बादललाई आफ्नो ठाउँको रक्षा गर्ने उस्तै चुनौती छ। 

तर, नेता नेपालको मंगलबार साँझको विज्ञप्तिले बादललाई जित्न मुस्किल पर्ने देखिन्छ। 

यता, निर्वाचनको मौन अवधि सुरु भइसकेपछि पनि प्रधानमन्त्री ओलीले आज एक विज्ञप्ति जारी गर्दै गृहमन्त्री बादललाई नै भोट हाल्न पार्टीभित्र ह्वीप जारी गरे। उनले पार्टीभन्दा बाहिर गएर कारबाही गर्ने चेतावनीसहित अपिलपत्र सार्वजनिक गराए। तर, निर्वाचन आयोगले ओलीको त्यो कदमलाई ध्यानाकर्षण गराइसकेको छ।

एमाले विवाद समाधान हुने विकल्पबारे छलफल चलिरहेको बेलामा राष्ट्रियसभाको निर्वाचनपछि एमालेको विभाजनरेखा स्पष्ट हुन सक्ने जानकारहरूले विश्लेषण गर्न थालेका छन्। 

यस्तो छअंकगणित 

बागमती प्रदेशमा सबैभन्दा बढी नेकपा एमालेका ५७ सांसद् छन्। प्रदेशभरका स्थानीय तहमा एक सय ३३ गरी एमालेका जम्मा एक सय ८९ मतदाता छन्। प्रदेशसभाको ५७ मध्ये पशुपति चौलागाईंको मृत्यु भएपछि अहिले ५६ सांसद् छन्।

यसको कुल मतभार ५ हजार १ सय ३० हुन्छ। तर, एमाले विभाजित भएपछि संस्थापन पक्षमा प्रदेशसभामा ३७ र स्थानीय तहमा ८७ मतदाता छन्। यसको कुल मतभार ३ हजार २ सय १० हुन्छ।

नेता नेपाल पक्षमा २२ प्रदेशसभा र ३८ स्थानीय तहका मतदाता छन्। यसको कुल मतभार १७ सय ४० हुन्छ। यही अवस्थामा माधव पक्षले भोट नहाले बादलले जित्न नसक्ने प्रस्ट हुन्छ। 

प्रदेशमा कांग्रेसको २२ र स्थानीय तहमा ६८ गरी ९० मतदाता छन्। यसको मतभार २२ सय ८० हुन्छ। भने, प्रदेशसभामा माओवादी केन्द्रको प्रदेशसभामा २३ र स्थानीय तहमा ३३ गरी ५६ मतदाता छन्। माओवादीको मतभार १६ सय ९८ हुन्छ।

राप्रपाले पनि बादललाई नै मतदान गर्ने निर्णय गरेको छ। यस्तो अवस्थामा एमाले एकढिक्का भए गृहमन्त्री बादलको जित सुनिश्चित देखिन्छ। तर, माधव नेपालले आफ्नो उम्मेदवार देवकोटा हो भन्दै गर्दा गठबन्धनको सबै मत आए उनैको जित निश्चित देखिएको छ। 

माधव पक्षले आफ्नो अडानबाट पछि नहटे ५ हजार ७ सय १८ मतका साथ देवकोटाको जित हुने देखिन्छ। राष्ट्रियसभाको निर्वाचन जित्न ४६ सय मतभार चाहिन्छ। 
राष्ट्रियसभा निर्वाचनको मतदातामध्ये एक प्रदेश सदस्यको मतभार ४८ हुन्छ भने स्थानीय तहको मतभार १८ हुन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.