|

काठमाडौं : अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले नेपालमा कोभिड पीडितको उपचारमा सघाउन विश्व समुदायसँग अपिल गर्न थालेको छ। यसको शुरूवात अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लेन्डिनलाई मंगलबार पत्र पठाएर गरेको हो।

अमेरिकाको विदेश मन्त्रालयमा नेपाल डेस्क हेर्ने क्रेग डेनिसनसँग कुरा गर्दै अनेसास केन्द्रीय कार्यसमितिका कोषाध्यक्ष कृष्णकुमार गिरीले संस्थाको तर्फबाट इमेल पत्र दर्ता गराएका हुन्।

डेनिसनले गिरीसँगको कुराकानीका क्रममा अमेरिकाले अक्सिजन र आवश्यक उपचारका लागि चाहिने सामग्रीहरू पठाउन पहल गरिसकेको र छिट्टै खोप उपलब्ध गराउने सन्दर्भमा पनि कुराकानी भइरहेको बताएका छन्।

उनले नेपालमा कोभिडका कारण भइरहेको मानवीय क्षतिप्रति अमेरिकी सरकार दुखित भएको पनि बताए।

अनेसासले विश्वभर रहेको आफ्ना च्याप्टरमार्फत सम्बन्धित देशको विदेश मन्त्रालयमा नेपालका लागि सहयोग गर्न अपिल गरेको छ।

समाजका अध्यक्ष प्रकाश पौडेल माइलाको अध्यक्षतामा हालै बसेको कार्यसमितिको बैठकले नेपालमा नेपालीहरूले भोग्नुपरेको दुःखद परिस्थितिप्रति दु:ख व्यक्त गरेको छ।

यो अप्ठ्यारो परिस्थितिबाट छिट्टै मुक्ति मिल्नेमा पनि समाजले आशा गरेको छ।

अनेसासले अमेरिकी विदेशमन्त्रीलाई प्रेषित गरेको पत्र :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.