|
फाइल फोटो ।

ईरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनेईले प्यालेस्टाइनलाई सैन्य र आर्थिक सहयोग गर्न सबै मुस्लिम देशहरूसँग आग्रह गरेका छन्।

इजरायलसँग प्यालेस्टाइनको लडाइँ चर्किरहँदा खाडी क्षेत्रकै शक्तिशाली देश ईरानले यस्तो आग्रह गरेको हो। 

खामेनेईले सैन्य र आर्थिक सहयोगका अतिरिक्त गाजाको पुनःनिर्माणमा सहायता गर्न पनि अपिल गरेका छन्। ईरानी मिडियाहरूले खामेनेईको आग्रहलाई निकै महत्व दिएर प्रचारप्रसार गरेका छन्।

 

जारी संघर्षमा ईरानले खुलेर प्यालेस्टाइनको समर्थन गरिरहेको छ। गाजा र वेस्ट ब्यांक क्षेत्रमा इजरायलविरुद्ध सक्रिय चरमपन्थी समूह हमासलाई पनि ईरानको समर्थन छ।

हमासले यसबीच इजरायलमाथि सयौं रकेट आक्रमण गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.