|
फाइल फोटो ।

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले अबको कार्यदिशा स्वास्थ्य संकटकाल र चुनाव हुनुपर्ने तर्क गरेका छन्। 

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि चुनाव मिति तोकेपछि थापाले ट्वीटरमा यस्तो लेखेका हुन्। 

'अबको कार्यदिशा' उल्लेख गर्दै थापाले पाँच बुँदामा आफ्नो धारणा राखेका छन्।

जसअन्तर्गत पहिलो नम्बरमा स्वास्थ्य संकटकाल घोषणा, त्यसपछि क्रमश:  सम्पूर्ण राष्ट्रिय शक्ति र श्रोत परिचालन गरी ३ महिनाभित्र कोरोना महामारी नियन्त्रण गर्ने, आम नागरिकलाई खोपको व्यवस्था गर्ने, चुनाव निष्पक्ष/स्वतन्त्ररूपमा सम्पन्न गर्न आवश्यक व्यवस्था गर्ने तथा चुनावबाट ब्रम्हलुट र सर्वसत्तावाद पराजित गर्ने थापाको 'कार्यदिशा' मा उल्लेख छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.