|

काठमाडौं : सरकारले प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि चुनाव मिति तोकेपछि आगामी रणनीति तय गर्न विपक्षी गठबन्धनको बैठक बस्न लागेको छ।

संसद्‌ भवन नयाँ बानेश्वरमा शनिबार बिहान ११ बजे बैठक डाकिएको छ। बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) को माधवकुमार नेपाल पक्ष, जनता समाजवादीको बाबुराम भट्टराई-उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चा (राजमो) सहभागी हुनेछन्।

​प्रधानमन्त्री पदमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली दुवैको दाबी नपुगेको राष्ट्रपतिले जनाएपछि शुक्रबार मध्यराति मन्त्रीपरिषद् बैठक बसेको थियो।

सो बैठकले प्रतिनिधिसभा विघटन र मध्यावधि चुनाव तोक्न राष्ट्रपतिकहाँ सिफारिस गरेको थियो। सिफारिस भएको एक घण्टाभित्रै राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्‌ भंग भएको घोषणा गरी चुनाव मिति तोकेकी थिइन्।​

विपक्षी दलका अधिकांश नेताहरूले प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र र संविधानमाथि नै आक्रमण गरेको भन्दै प्रतिरोध गरिने जनाएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.