|

 काठमाडौं : मातृभूमिका लागि नेपाली अभियानले संसद विघटनको स्वागत गरेको छ।

प्रजातन्त्रमा जनादेश लिने कदम सदा उपयुक्त मानिने भन्दै ताजा जनादेश लिन गरेको निर्णयमा सैद्धान्तिक सहमति रहेको सो अभियानले जनाएको छ।

‘संसदलाई गणितीय खेलको जुवा खाना जस्तो बनाएर अस्थिरता र अन्योलको  खेती गर्न खोज्नेहरूलाई जनादेश लिन जाने कार्य असहज र कठिन हुनसक्छ भन्ने हाम्रो ठम्याई छ। अभियानका केन्द्रीय प्रचार प्रसार विभाग प्रमुख सुशील देवकोटाले जारी गरेको वक्तव्यमा भनिएको छ,  प्रजातान्त्रिक प्रक्रिया विरूद्ध अस्थिरता बादीहरूले अवाञ्छित गतिबिधि गर्नसक्ने र कोभिडका कारण उत्पन्न सङ्कट समाधानमा थप समस्या पैदा गर्नसक्ने सम्भावनालाई लिएर हामी चिन्तित छौँ ’। 

कोभिड सङ्क्रमणबाट मुलुकलाई पूर्णरुपले मुक्त गर्ने काममा सरकारलाई केन्द्रित हुने पनि अभियानले आग्रह गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.