|

काठमाडौं : शब्दयात्रा प्रकाशनले अन्वेषक भरत जङ्‌गम, प्रा.डा. नन्दीश अधिकारी र पुस्तक सम्पादक निर्मला श्रेष्ठलाई सम्मान गर्ने भएको छ। 

पाठकमतका आधारमा सर्वोत्कृष्ट ठहरिएको ‘नेपालको इतिहासमा रहेका भ्रम तथा निराकरण’ नामक अन्वेषणात्मक पुस्तकका लागि जंगमलाई सिर्जना सम्मानबाट पुरस्कृत गर्न लागिएको हो। भीमभक्तमान सिंह बस्नेतको नाममा संस्थापित यस सम्मानको आर्थिक व्यवस्थापन कल्याण लम्सालले गरेका छन्।

​यसैगरी, विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा दिनुका साथै आफू आबद्ध शैक्षिक संस्थाको हितमा समर्पित शिक्षक–प्राध्यापकलाई समर्पण गरिने शिक्षक सम्मान-२०७८ सालका लागि पद्मकन्या बहुमुखी क्याम्पसको नेपाली विभागका प्रमुख रहिसकेका प्रा. डा.नन्दीश अधिकारीलाई दिइने भएको छ। अङ्गुरबाबा जोशीको नाउँमा संस्थापित यस सम्मानको आर्थिक व्यवस्थापन निर्मलाकुमारी यगोल श्रेष्ठले गरेकी हुन्।

​कवि नन्दिकेश्वर अधिकारी र उनका साहित्यिक वंशजका विषयमा शोध–अनुसन्धान र प्रचारप्रसार गर्ने व्यक्ति अथवा संस्थालाई समर्पण गरिने शोध सम्मान हरि मञ्जुश्री मोती महोत्सवमा सक्रिय रही उनका विषयमा साढे ६ सय पृष्ठको ‘शब्दकलाका नायक’ पुस्तकको संयुक्त सम्पादन गरेकी निर्मला श्रेष्ठ लाई दिइने सो प्रकाशनले जानकारी दिएको छ।

पुरस्कृत हुन बाँकी ६ जनाको नाम पनि छिटै सार्वजनिक गरिने प्रकाशनले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.