|

काठमाडौं : बहराइनले एसियाली पाँच देशबाट आफ्नो देश प्रवेश गर्न निषेध गरेको छ। 

एसियाली मुलुकहरु भारत, पाकिस्तान, नेपाल, श्रीलङ्का र बंगलादेशबाट बहराइन आउन प्रतिवन्ध लगाइएको हो। कोरोनाभाइरसको महामारी फैलिएका देशहरुलाई “रेड लिष्ट” मा पारेर बहराइनले ती देशहरुबाट बहराइन प्रवेश गर्न नदिने घोषणा गरेको छ।

तर आफ्नै देशका नागरिकलाई भने सशर्त आउन पाउने व्यवस्था गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । बहराइनका नागरिक नै आउन चाहेको अवस्थामा भने कोरोना परिक्षण गरिएको पिसिआरको रिपोर्ट देखाउनु पर्ने र कम्तीमा १० दिन क्वारेन्टाइनमा बस्नुपर्ने सर्त राखिएको छ।

पाँच देश बाहेकका अन्य देशबाट आउने खोप लगाएका वा नलगाएका दुवै प्रकारका आफ्ना नागरिकहरुलाई पनि बहराइनले १० दिने क्वारेन्टाइन अनिवार्य गरेको छ। उनीहरुले पिसिआर रिपोर्ट देखाएमा भने क्वारेन्टाइनमा बस्नु नपर्ने अधिकारीहरुको भनाई छ। क्वारेन्टाइन वा पिसिआर मध्ये एउटा मात्रै अनिवार्य गरिएको हो।

यसअघि क्यानडाले पनि भारत र पाकिस्तानबाट आउनेहरुलाई आउन नपाउने व्यवस्था गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.