काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालका सातवटै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने जानकारी दिएको छ।
अध्यक्ष कुमार पन्तको अध्यक्षतामा आइतबार बसेको संघको राष्ट्रिय समिति, पदाधिकारी, केन्द्रीय पार्षद्काे संयुक्त बैठकले सो निर्णय गरेको हो।
तीव्र रूपमा नेपालमा फैलिरहेको कोरोना सङ्क्रमणलाई नियन्त्रण गर्न खोप नै अन्तिम विकल्प भएकोले तत्काल अन्तरराष्ट्रिय समुदायसँग खोप उपलब्ध गराइदिन अपिल गर्ने निर्णय पनि एनआरएनए बैठकले गरेको छ।
त्यस निम्ति गैरआवासीय नेपाली संघको राष्ट्रिय समितिमार्फत सम्बन्धित देशका सरकार समक्ष नेपालको लागि खोप उपलब्ध गराउन पहल गरिने छ।
हवाई उडान सहजीकरण गर्न आग्रह
पछिल्लो समय नेपालबाट भारतलगायत अन्य देशका नागरिकले अन्तरराष्ट्रिय यात्राका लागि सुविधा पाएपनि नेपाली भने समस्यामा परेको गुनासो सुनिएकाले यात्रामा नेपालीलाई पहिलो प्राथमिकतामा राख्न संघले अनुरोध गरेको छ।
विदेशबाट नेपाल फर्कदा नेपाली दूतावासबाट अनुमति लिनुपर्ने लगायत विद्यमान झन्झटिला प्रावधानलाई हटाई यात्रा सहजीकरण गरिदिन समेत सरकारसँग अनुरोध गरेकाे छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।