|

धनगढी : सुदूरपश्चिम प्रदेशमा एमाले संसदीय दलको बैठक स्थगित भएको छ। माधव पक्षबीच नै मतभेद भएपछि मंगलबार साढे १२ बजे बस्ने भनिएको संसदीय दलको बैठक स्थगित भएको हो। 

भोलि बुधबार बिहान साढे ८ बजे ओली पक्षसहित दलको बैठक बोलाइएको एमाले प्रमुख सचेतक तारा लामा तामाङले बताए। उनले बैठकमा एमालेका सबै सदस्यहरूलाई खबर गरिएको जानकारी दिए।

मंगलबार बोलाइएको बैठकमा ओली पक्ष भने अनुपस्थित थियो। आजको बैठकबारे थाहा नभएको ओली पक्षका सांसदले बुधबार बिहानको बैठकमा आफूहरूलाई पनि खबर आएको उनीहरुले बताएका छन्।

सोमबार एमालेको स्थायी कमिटीको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ। एमालेबाट मन्त्री भएकाहरूलाई २४ घण्टाभित्र फिर्ता हुन निर्देशन जारी गरिएको छ।

भीम रावलनिकट भएका कारण दलको नेता अहिलेकै सरकारलाई समर्थन दिने मनसायमा रहेको नेपाल समूहकै केही नेताहरू बताउँछन्। तर, केही नेपाल पक्षकै सांसदहरू भने केन्द्रको निर्देशन पालना गर्नुपर्नेमा छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.