|

धनकुटा : सप्तकोशी नदीमा पानीजहाजले चर्चा पाएको जेटबोट कोभिड १९ (कोरोना भाइरस) का कारण बन्द भएको छ। स्थानीय प्रशासन र सेवाप्रदायकबीच भएको सम्झौताअनुसार कोरोनाको नयाँ लहरबाट सुरु भएसँगै बन्द गर्दा दैनिक दुईलाख घाट हुने गरेको जेट बोट सञ्चालकको भनाइ छ।

यात्रु तथा पर्यटकलाई कोरोना संक्रमणबाट बचाउन जेटबोट बन्द गर्दा दैनिक दुईलाख क्षति भएको बहरा क्षेत्र म्यारिन एण्ड रिसोट प्रालिका सञ्चालक नविन पौडेल बताए। उनी भन्छन्, ‘मेरो ४ वटा जेटबोट थियो, अन्य ३ वटा गरी जम्मा दैनिक चल्ने ७ वटा जेटबोट बन्द भएको छ, जसको कारण दैनिक दुईलाख क्षति भएको छ।’ सप्तकोशीमा तीन सिट, आठ सिट, १८ सिट र ७० सिट क्षमता भएका जेटबोट सञ्चालन हुँदै आएको छ।

नेपालको पानीजहाज भनेर प्रचार गरिएका यी जल यात्राका साधनले स्थानीय तथा बाह्य पर्यटकलाई जलयातयातको महशुस गराउनुको साथै सुनसरी र उदयपुरको सिमाक्षेत्रमा पर्ने चतरादेखि धनकुटा, भोजपुर र संखुवासभालगायत पहाडी भेगका बासिन्दाको लागि यातायात सेवा पुर्याउँदै आएको थियो। जलयात्रा गर्ने आन्तरिक पर्यटकहरुको पहिलो रोजाइ बन्दै गएको उक्त सेवा कोरोना महामारीले रोकिएपछि सामान्य बनेपछि पुनः सञ्चालनमा ल्याइने पौडेलको भनाइ छ। उनले दैनिक पाँचसय यात्रुले यात्रा गर्दै आएको पनि जानकारी दिए। नेपालका नदीहरुमा मोटरबोट र जेटबोट चलाएको अनुभवका आधारमा कोशी नदीका जानकार मानिन्छ।

उनले भने, ‘सरकारले चाहयो भने दोलालघाटसम्म जेटबोटबाट यात्रु आवतजावत गर्न गराउन सकिन्छ तर नदीका बीचमा रहेका ढुंगाहरु सरकारले पन्छाइ दिनुपर्छ।’ पर्यटक गाइडका रुपमा काम गर्दागर्दै दुई दशक अघि नै दनुवार अमेरिकी नागरिकको संगतले नेपालका विभिन्न नदीमा मोटरबोट र जेटबोट चलाउन सिकेका हुन। पहिलो चरणमा भोजपुरको हतुवागडीस्थित भसुवासम्म पुगिरहेको जेटबोटका लागि दूधकोशीको बाधा पन्छाउने हो भने उदयपुरको बेलका नगरपालिका– ७ र भोजपुरको हतुवागढी गाउँपालिका– ९ को लाम्पातेसम्म पुग्न सकिने बताए।

उनका अनुसार अरुणबाट अझै टाढाको दूरीमा पर्ने तुम्लिङटारसम्म जेटबोट सञ्चालन गर्न नदीको बीचमा रहेको दुइटा अब्स्ट्याकल (ढुंगा) ब्लास्ट गर्नुपर्ने र दूधकोसी (सुनकोसी) बाट दोलालघाट पुग्नका लागि एउटा ढुंगा ब्लास्ट गर्नु पर्नेछ। बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालिले व्यावसायिक रुपमा जेटबोट सञ्चालन गर्दै आएको छ।

जेटबोटले भोजपुरका हतुवागडी, आमचोक, धनकुटाको शहीद भूमि गाउँपालिका सहित भोजपुर–खोटाङका दक्षिणी भेगका स्थानीयलाई छोटो दूरीमै सुनसरीको बराह क्षेत्रसँग जोडि दिएको छ। जेटबोट सञ्चालक सदस्यमध्ये बेलका नगरपालिकाको पर्यटन संयोजक कवि राईले नागरिकको सुविधालाई ध्यानमा राखेर सरकारले नदीका केही अब्स्ट्याकलहरू पन्छाउने हो भने चतराबाट हिँडेर हप्तौं लाग्ने भोजपुर, खोटाङ लगायतका पहाडी क्षेत्र जेटबोटबाट एकै घण्टामा पुग्न सकिने बताए।

उनले भोजपुरको पावला, दुङमाना, पाङा, यूँ, वासिङ, पूर्णे, बयाङ, आमचोक सम्मका स्थानीय यात्रुहरू प्रत्यक्ष लाभान्वित हुने बताए।

नियमनसम्बन्धी कानुन बनेन

प्रधानमन्त्रीलगायत विभिन्न पार्टीका नेताले पानीजहाजको सपना बाँडेको धेरै वर्ष भयो। संघीय सरकारले पानीजहाज कार्यालय पनि स्थापना गरिसकेको छ। तर, पानीजहाज सञ्चालन तथा नियमनसम्बन्धी कानुन अझै सम्म बनेको छैन।

खोटाङका लिकुवापोखरी, भञ्ज्याङ, काउलेदेखि चिसापानीसम्मका स्थानीय एकै घण्टामा सुनसरीको चतरा आइपुग्न सक्ने पनि राईले बताए। चतराबाट चिसापानी हिँडेर जाने हो भने तीन दिन सम्म लाग्छ। यी क्षेत्रहरुबाट चतरासम्म आइपुग्न र्याफटिङमा करिब ८ घण्टा लाग्छ। बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालिका सञ्चालक अध्यक्ष सन्तोष भण्डारी र निर्देशक अमित भगतले सरकारले जल यातायातलाई सहज बनाउँदै स्थानीय यात्रुलाई अर्को क्षेत्रसँग जोड्नका लागि जेटबोट वैकल्पिक यातायातको साधन भएकाले जल यातायातसम्बन्धी नीति बनाउनुपर्ने माग गरे। जल यातायातलाई सहज बनाउन नदीका अब्स्ट्याकल हटाउन माग गरे।

हालसम्म निजी क्षेत्रबाट कोशी, अरुण र दूधकोसीमा जल यातायात्र सञ्चालन भइरहेको छ। तर, व्यापक रुपमा जेटबोट सञ्चालन गर्न नदीका अब्स्ट्याकल हटाउन सरकारले नै पहल गर्नुपर्छ।’ उनका अनुसार जेटबोटले पूर्वका मुख्य सहरसँगको दूरी निकै कम बनाएको छ।

सार्वजनिक सवारी साधनबाट घण्टौं समय लाएर सहर पस्नु पर्ने यात्रुले अब जल यातायातको माध्यमबाट २० मिनेटको समयमै ठूलाठूला पहाड र अक्करे भिरहरु छिचोल्न सकेका छन। तर जेटबोटको सम्भावना र यात्रुहरुको सुविधा यतिमा मात्र पर्याप्त छैन।

अरुणतिरबाट जाँदा सिम्ले र अखुवाटारको बीचमा पर्ने छहरालाई ‘कटिङ’ गरेर ‘साइट लाइन’ सारेमा तुम्लिङटारसम्म सहजै पुग्न सकिने अमितले बताए। पानीजहाज सञ्चालन भएको एक वर्ष बित्न लागे पनि अझैसम्म कानुन निर्माण नभएका कारण विभिन्न खालका समस्या देखिएको बराहक्षेत्र म्यारिन एन्ड रिसोर्टका अध्यक्ष नविन पौडेलले प्रदेश १ का सांसदहरु समक्ष गुनासो गरे।

पानीजहाज सञ्चालनमा आएपछि खोटाङ, भोजपुर र धनकुटाको तल्लो भेगका स्थानीयबासीलाई धरानबाट दैनिक उपभोग्य सामान ढुवानी गर्न तथा गाउँघरमा उत्पादित सामान बिक्री गर्न सहज हुने गरेको जेटबोट व्यवसायी पर्शुराम राईले बताए। चतरा पुलमुनिबाट पानी जहाजले ७ घण्टाको पैदल यात्रा २० मिनेटमा तय गर्छ। जेटबोटबाट खोटाङको दक्षिणी भेग, उदयपुरको बेलका नगरपालिका ७ र ८ वडाबासीलाई फाइदा पुग्ने गरेको छ भने भोजपुर र धनकुटाका तल्लो भेगका बासिन्दा लाभान्वित हुने गरेका छन\।

अहिले बाराहा क्षेत्र मन्दिरभन्दा ६ किलोमिटर तलबाट सञ्चालन हुदै आएको छ। तर, अहिले त्यो पनि कोरोनाको कारण रोकिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.