|

काठमाडौं : बागमती प्रदेश एमाले संसदीय दलको बैठक बस्दैछ। 

दिउँसो एक बजे धुम्बाराहीमा बैठक बस्न लागेको संसदीय दलको नेता तथा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले जानकारी दिए। बैठकमा पार्टीको आन्तरिक बिषय, संसद अधिवेशन र प्रदेश बजेटको सन्दर्भमा छलफल गर्ने तयारी भएको पौडेलले जानकारी बताए।

प्रदेश संसदीय दलको बैठकमा पनि पार्टीभित्रको अन्तर संघर्षको असर देखिँदै आएको छ। माधव नेपाल समूहका नेतापनि बैठकमा सहभागी हुने भएका छन्।

बागमती प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्यले बैठकमा सहभागी हुने जानकारी दिइन्। उनले पार्टीले कारबाही नगरेको भन्दै बैठकमा भाग लिने र पार्टीलाई मिलाउन अन्तिमसम्म पनि प्रयास गरिने बताइन्।  

राष्ट्रियसभाको उपनिर्वाचनमा एमालेका आधिकारिक उम्मेदवार रामबहादुर थापा बादललाई भोट नहालेका भन्दै  १४ जनालाई स्पष्टीकरण सोधेको छ तर कारवाही भने गरेको छैन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.