|

गुल्मी : गत मंगलबार दिउँसो नेपाल रेडक्रस सोसाइटी गुल्मीका एम्बुलेन्स चालक २८ वर्षीय लालबहादुर खत्री र २४ वर्षका सागर बोहोरा तम्घासमा सँगै बसेर मदिरा खाएका थिए। उनीहरूसँग अन्य साथीहरू पनि थिए।  

सँगै बसेर खाएका रुद्र थापा, गणेश खत्री र बोहोरालाई अत्याधिक नसा लागेको थियो। खत्रीले भने मदिरा खाएका थिएनन्। ​भूपू सैनिक रुद्र थापाले चलाउने एम्बुलेन्स लिई इश्मा गाउँपालिका हस्तिचौर मल्दीमा साथी गणेशलाई छोड्न खत्री गए। 

सँगै बसेर खानपान गरेका सागरको छाता एम्बुलेन्समै छुटेको थियो। सागरले मदिराको तालमा खत्रीलाई फोन गरी छाता तुरुन्त ल्याइदिन आग्रह गरेर। तर खत्रीले पछि ल्याइदिए पनि भैगो नि भनी जवाफ फर्काएका थिए। 

खत्रीले गणेशलाई घर छाडेर फर्किने क्रममा सागरले बाटोमा रोकी अघि के भनिस् रे भन्दै निउँ खोज्न थाले। त्यहाँ झगडा उत्पन्न भयो। खत्रीलाई गणेशले कुटपिट गरे। उनको टाउकोमा गम्भीर चोट लाग्यो भने सागर फरार भएका थिए। खत्रीको अहिले लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइरहेको छ।

कुटपिट गरी फरार भएका सागरलाई बिहीबार प्रहरीले पक्राउ गरी प्रहरी कार्यालयमा ल्यायो ।

पक्राउ परेपश्चात् सागरले झगडाको मुख्य विषय छाता नै भएको प्रहरीसमक्ष बयान दिएका थिए। माथि प्रस्तुत गरिएको घटनाक्रमको वर्णन सागरले प्रहरीसमक्ष दिएका बयान हो। 

गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेका अनुसार सागरले प्रहरीसमक्ष आफूले बाइकको चाबीले हल्का चिथोरेका मात्र बताएका छन्। 

डिएसपी पाण्डेले सागर र लालबहादुर दुबै जनालाई राखी पहिले छलफल गर्ने बताए। खत्रीको अवस्थामा सुधार आएकाले एक दुई दिनभित्रै घर आउने र दुवैलाई राखी छलफल गर्ने योजना बनाएको पाण्डेले बताए। 

अहिले सागरको मात्रै कुरा सुनेको भन्दै लालबहादुरको पनि कुरा सुनेपछि थप स्पस्ट हुने उनको भनाइ छ। उनीहरु सधैं मिलेर बस्ने साथी भएका पाण्डेले बताए। बोहोरा अहिले प्रहरी हिरासतमै छन्। ​

 


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.