|

कैलाली : धनगढी बसपार्कमा मृत भेटिएका एक युवकको कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

धनगढी उपमहानगरपालिका–४ बसपार्कको प्रतिक्षालयमा शुक्रबार बिहान एक युवकको शव फेलापरेपछि प्रहरीले सीसीटीभी फुटेजका आधारमा चार जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा धनगढी उपमहानगरपालिका–१ त्रिवेणी चोकका १८ वर्षीय दीपेन्द्र भनिने दीपान्सु पौडेल, डडेलधुरा अमरगढी नगरपालिका घर भई कञ्चनपुर भिमदत्त नगरपालिका–३ का १९ वर्षीय प्रवीण ऐर, डोटी पूर्वीचौकी गाउँपालिका–४ का २० वर्षीय अनिल कुँवर र कैलालीको घोडाघोडी नगरपालिका–१ का १८ वर्षीय युवराज शाही छन्। 

युवक सुतिरहेको अवस्थामा निजको खल्तीबाट पैसा लुटेर लगेको र कुटपिट गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ। मृतकको पहिचान भने नखुलेको प्रहरीले जनाएको छ। प्रहरीले पक्राउ परेका चारै जनामाथि कर्तव्य ज्यान मुद्दा चलाएको छ। 

 


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.