|

जनकपुरधाम : निषेधाज्ञाको मौका छोपी धनुषामा अवैधरुपमा खोलाबाट नदीजन्य पदार्थ उत्खनन् गरिरहेको दुईवटा स्काभेटर (जेसिबी) प्रहरीले नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरको अनुसार बटेश्वर गाउँपालिका वडा नम्बर १ स्थित बडहरी खोलाबाट शुक्रबार साँझ अवैध रुपमा नदीजन्य पदार्थ उत्खननमा प्रयोग भएको २ वटा जेसिबी नियन्त्रणमा लिएको हो।

इप्रका महेन्द्रनगरका इन्चार्ज प्रहरी निरिक्षक तिलक सुनारले नदीजन्य पदार्थ गिट्टी बालुवा संकलन गरी रहेको अवस्थामा अस्थायी प्रहरी कार्यालय बटेश्वर र इलाका प्रहरी कार्यालय महेन्द्रनगरको संयुक्त प्रहरी टोलीले ज१क ५९० र एउटा नम्बर नभएको जेसिबी नियन्त्रणमा लिइएको बताए।

खोलामा नदीजन्य पदार्थको उत्खनन भइरहेको छ भन्ने सूचनाका आधारमा टोली पुग्दा उत्खनन गरीरहेको पाइएपछि नियन्त्रणमा लिएको बटेश्वर प्रहरी चौकीका इन्चार्ज भैरव राउतले जानकारी दिए।

वटेश्वर प्रहरी चौकीको नियन्त्रणमा रहेको जेसिबी आइतबार आवश्यक कारबाहीको लागि जिल्ला समन्वय समितिको कार्यालय धनुषामा पठाइने चौकी इन्चार्ज राउतले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.