|

काठमाडौं : सरकारले निजामति कर्मचारीको तलब मासिक २ हजार रुपैयाँ वृद्धि गरेको छ । 

आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन्। 

कोरोना महामारीका कारण अपेक्षित वृद्धि गर्न नसकेपनि सबै राष्ट्रसेवक कर्मचारीलाई आगामी साउन १ गतेदेखि लागू हुनेगरी समान २ हजार रुपैयाँका दरले वृद्धि गरिएको पौडेलले बताए। 

उनका अनुसार यसअघि खाइपाई आएको महँगी भत्तालाई निरन्तरता दिइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.