|

काठमाडौं : गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) क्यालिफोर्निया च्याप्टरको युवा संयोजकमा मनिराम न्यौपाने निर्वाचित भएका छन्। आइतबार भएको निर्वाचनमा उनले आफ्ना प्रतिस्पर्धी विक्रम पुनलाई १ सय ५९ मतान्तरले पराजित गरेका हुन्।

न्यौपानेले ७ सय ७३ मत प्राप्त गर्दा पुनले ६ सय १४ मत प्राप्त गरे। उनको यो २ वर्षे कार्यकाल रहनेछ। एनआरएनए एनसिसी) क्यालिफोर्निया च्याप्टरको युवा संयोजकमा विजय भएपछि उनले मतदातालाई धन्यावाद दिएका छन्। अछामको विनायक पञ्चदेवल नगरपालिका तोली घर भएका न्यौपाने विगत ६ वर्षदेखि अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएका छन्।

यस्तै, क्यालिफोर्निया च्याप्टरको अध्यक्षमा एक देव शर्मा, उपाध्यक्षमा प्रेम केसी, सचिवमा हरि ओझा, सहसचिवमा खेमु रेग्मी, कोषाध्यक्षमा कोपिला अधिकारी, महिला संयोजकमा गीता बजगाईं निर्वाचित भएका छन्।

यस्तै, निर्वाचनबाट बोर्ड अफ डाइरेक्टरमा उत्तम धमला, हेम ठकुल्ला, जोसेफ घले, अर्जुन पौड्याल, सुसिला खनाल (दुलाल), रिता देवी प्रधान विजयी भएको युवा संयोजकमा निर्वाचित न्यौपानेले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.