|

बाँके : बाँकेका अस्पतालमा कोरोना संक्रमित थप तीन जनाको मृत्यु भएको छ।

संक्रमित बिरामीहरूको उपचार भैरहेको बाँकेको नेपालगञ्‍जस्थित भेरी अस्पतालमा तीनजना संक्रमित बिरामीको उपचारका क्रममा मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ।

जिल्लाका कोरोना फोकलपर्सन तेज ओलीका अनुसार मृत्यु हुनेहरूमा बढैयाताल गाउँपालिका–६ बर्दियाका ४२ वर्षीय पुरुष, बढैयाताल–२ का ४५ वर्षीया महिला र टिकापुर नगरपालिका–८ का ७७ वर्षीय पुरुष रहेका छन्‌।

यो सँगै बाँकेमा उपचारका लागि जिल्ला बाहिरबाट आएका २९० जना र जिल्लाकै २९३ जनाको मृत्यु भइसकेको छ। बाँकेमा अहिले संक्रमण दरसँगै मृत्युदर पनि घटिरहेको छ। जिल्लाका भन्दा जिल्ला बाहिरबाट संक्रमित बिरामीहरू उपचारका लागि अहिले बढि आइरहेका छन्।

संक्रमण जोखिम कायमै रहेको भन्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी राखेको छ। निषेधाज्ञा जारी रहेपनि बजारमा चहलपहल भने दिन प्रतिदिन बढिरहेको छ।

संक्रमण दर कम भएपनि स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइका साथ पालना गर्न चिकित्सकहरूले आग्रह गरेका छन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.