परीक्षणपछि पुष्टि भए उल्टै मानसिक तनाव हुने स्थानीयको भनाइ

|

रुकुम (पूर्व) : पुथाउत्तरगंगा गाउँपालिका‐१ मैकोटबासीले कोरोना भाइरस परीक्षण अस्वीकार गरेका छन्। सामान्य अवस्थाको व्यक्तिलाई परीक्षण गर्दा कोरोना देखिए पनि औषधि र उपचार नहुने भन्दै उनीहरूले परीक्षण गर्न नमानेका हुन्। 

पुथाउत्तरगंगा‐१ मैकोटबासीले परीक्षण गर्न नमानेपछि पुथाउत्तरगंगा गाउँपालिकाको दुर्गम बस्ती मैकोटमा पुगेका स्वास्थ्यकर्मीको टोली सोमबार गाउँपालिका फर्किएका छन्। 

गाउँमा ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने बिरामी बढिरहेको खबर पाएपछि गाउँपालिकाका स्वास्थ्य संयोजक समिर गिरीसहितको टोली त्यसतर्फ पुगेको  थियो। 

स्वास्थ्यकर्मीहरू जेठ १६ गते मैकोटमा पुगी २० जनामा परीक्षण गर्दा सात जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। तर ५० जनाको परीक्षण गर्ने गरी मैकोट पुगेको एक जना डाक्टर, एक जना ल्याब असिस्टेन्ट सहितको टोली सोमबार अस्विकारपछि फर्किनुपरेको गिरीले बताए। 

स्थानीय धलबहादुर पुन मगरका अनुसार भने कोरोना पुष्टि भए पनि उचित औषधि उपचार नहुने भएकाले कोरोना परीक्षण अस्वीकार गरिएको बताए। परीक्षणपछि पुष्टि भए उल्टै मानसिक तनाव हुने भएकाले अरु ज्वरोका लक्षण भएका व्यक्ति आफैं स्थानीय स्वास्थ्यकर्मीहरूको सल्लाह, सुझावबमोजिम परिवारबाट छुट्टै बस्ने बताएका छन्। 

दुई हप्ताअघि सम्ममा हरेक घरमा ज्वरोका लक्षण देखिएका बिरामी थिए। तर, हाल उक्त ज्वरोका लक्षण हुनेको संख्या कम हुँदै आएको स्थानीयले बताएका छन्। परीक्षण नगर्ने तर, आफैं सजक भएर बस्ने मैकोटबासीले जनाएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.