|

भारतमा चिकित्सकलाई आक्रमण गर्ने २४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

आसामका मुख्यमन्त्री हिमन्त विश्व शर्माले २४ जना आक्रमणकारीलाई पक्राउ गरिएको बुधबार जानकारी दिए। होजाई जिल्लामा रहेको उडाली केयर सेन्टरमा उपचारका क्रममा कोरोना भाइरसबाट सङ्क्रमित एक बिरामीको मृत्यु भएपछि मंगलबार डा. सेउज कुमार सेनापतिमाथि आक्रमण भएको थियो।

चिकित्सकीय सेवा दिइरहेका चिकित्सकमाथि आक्रमण हुनु निन्दनीय भएको भन्दै सर्वत्र विरोध भएको छ।

स्थानीय प्रहरी अधिकारीहरूले घटनालाई गम्भीरतापूर्वक लिइएको र दोषीलाई कुनै पनि हालतमा उन्मुक्ति नदिइने दाबी गरेका छन्। 'घटनामा संलग्न र दोषी ठानिएका २४ जनालाई हामीले पक्राउ गरेका छौँ, थप अनुसन्धान र कारबाही प्रक्रिया अगाडि बढिरहेको छ', मुख्यमन्त्री शर्माले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्।

महामारीविरुद्ध अग्रमोर्चामा रहेर लडिरहेका चिकित्सकहरूमाथि भएको आक्रमण र व्यवहार अक्षम्य भएको प्रहरी महानिर्देशक भास्कर ज्योति महन्तले बताए। उनीमाथिको आक्रमण सबै अग्रपंक्तिका सेवकहरूमाथिको आक्रमण भएको र त्यसले अरुलाई पनि निराश बनाउन सक्ने खतरा भएको महन्तको भनाइ थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.