|

पर्सा : कोरोनाको कहरमा फ्रन्टलाइनमा खटेका स्वास्थ्यकर्मीहरूको चरित्रहत्या गरेको आरोपमा पर्सा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। स्वास्थ्यकर्मीहरूलाई पटक–पटक फेसबुकबाट आपत्तिजनक शब्द प्रयोग गरेका प्रहरीको आरोप छ। 

आफूलाई पत्रकार र सामाजिक अभियन्ता समेत भनी 'वाइओबी' नामको फेसबुक पेज बनाई त्यसैबाट आपतिजनक शब्दहरू प्रयोग गर्ने ती युवकलाई नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ।

फेसबुक र मेसेन्जरबाट स्वास्थ्यकर्मीहरूको चरित्र हत्या गर्ने, धम्क्याउनेलगायत काम गरेको पाइएको पर्साका प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले बताए। उनी वीरगन्ज महानगरपालिका वडा नम्बर १० घडिअर्वाका हुन्। 

पीडितले जाहेरी दरखास्त दिएकाले पक्राउ गरी साहमाथि अनुसन्धान थालिएको छ। अभियुक्त साहलाई मुलुकी अपराध संहिता २०७४ अन्तर्गत सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्ध कसुरमा अनुसन्धान प्रक्रिया बढाइएको पर्सा प्रहरीले जनाएको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.