दोस्रो लहरमा मात्र २३ जनाको मृत्यु

|

चौतारा : कोरोना भाइरसको दोस्रो लहरमा सिन्धुपाल्चोक जिल्लामा कुल ३ हजार २४ जना संक्रमित हुँदा ३ सय ७५ जना डिस्चार्ज भएका छन्। दोस्रो लहरमा मात्रै २३ जनाको मृत्यु भएको छ। १ सय ५६ जनामा आजै संक्रमण पुष्टि भएको हो। 

आज पनि १ जनाको मृत्यु भएको सिन्धुपाल्चोकमा २७ जना संक्रमणमुक्त भएका छन्। संक्रमित हुनेमा१ हजार ३ सय ३५ महिला र १हजार ६ सय ८९ पुरुष रहेको स्वास्थ कार्यालय , सिन्धुपाल्चोकका वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंले बताए।

निको हुनेमा १ सय ७३ महिला र २ सय २ जना पुरुष रहेका चापागाईंले बताए। ९ जना महिला र १४ जना पुरुषको कोरोनाको दोस्रो चरणमा मात्रै मृत्यु भएको हो। 

संक्रमित हुनेमा सबैभन्दा धेरै चौतारा साँगाचोकगढी नगरपालिकाका रहेका छन्। चौतारामा मात्रै ५ सय १५ महिला र ६सय ८ पुरुषसहित १ हजार १ सय २३ जना संक्रमित भएका छन्।

नगरमा १ सय ९६ जना निको भएका छन् भने ९ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय चौताराले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.