|

इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहुका विरोधीहरुबीच गठबन्धन सरकार निर्माणको सहमति बनेको छ । 

योसँगै अब प्रधानमन्त्री नेतान्याहुको सत्ता यात्रामा विराम लाग्ने निश्चित भएको छ । नेतन्याहु इजरायलमा सबैभन्दा लामो समय प्रधानमन्त्री रहने नेता हुन्। पछिल्लो १२ वर्षदेखि इजरायलको राजनीति नेतन्याहुको नियन्त्रणमा छ ।

गत मार्चमा भएको चुनावमा नेतन्याहुको लिकुड पार्टीलाई बहुमत प्राप्त नभएपछि अरु पार्टीसँग मिलेर बहुमतको सरकार बनाउन भनिएको थियो । उनलाई हिजो २ जुन मध्यरातसम्म बहुमत प्रमाणित गर्ने समय दिइएकामा समयसीमा सकिनुभन्दा केही समयअघि विपक्षी नेता येर लेपिडले आठ दलको गबन्धन तयार भएको र अब गठबन्धनले सरकार निर्माण गर्ने घोषणा गरे ।

योसँगै इजरायलमा राजनीतिक अनिश्चितताका बीच जारी अड्कलहरुमा विराम लागेको छ । यसअघि नेतन्याहुको विपक्षमा गठबन्धन बन्नसक्ने कुरामा धेरैले सम्भावना देखेका थिएनन् । गठबन्धन बन्न नसकेको भए इजरायलमा दुई वर्षको बीचमा पाँचौ चुनाव हुने सम्भावना थियो । 

गठबन्धनमा भएको सहमतिअनुसार अब दुई अलग दलका नेता पालैपालो प्रधानमन्त्री बन्नेछन् । पहिले दक्षिणपन्थी यामिना पार्टीका नेता नेफ्टाली बेनेट प्रधानमन्त्री बन्नेछन्।

उनी सन् २०२३ सम्म प्रधानमन्त्री पदमा रहनेछन् । त्यसै वर्षको २७ अगस्टपछि मध्यमार्गी येश एटिड पार्टीका नेता येर लेपिड प्रधानमन्त्री बन्ने बिबिसिले उल्लेख गरेको छ ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.