|

रुकुम (पूर्व) : विश्वभर कोरोना संक्रमणको महामारी भइरहेको समयमा रुकुमपूर्वमा पाइने यार्सागुम्बा संकलनमा रोक लगाइएको छ। यार्सागुम्बा संकलनमा फुकुवा गर्दा धेरै मान्छेको आगमन हुने भएपछि स्थानीय सरकार र जिल्ला प्रशासनको समन्वयमा यार्सागुम्बा संकलनमा रोक लगाइएको हो।

यार्सागुम्बा जिल्लाको पुथाउत्तरगंगा‐१, २ र ३ का बुकी पाटन क्षेत्रमा पाइने गरेको छ। उक्त ठाउँमा यार्सागुम्बा संकलनमा रोक लगाएको मौका छोपेर चोरी हुन सक्ने भनी पुथाउत्तरगंगा‐१,२ र ३ का वडाबासी गाउँले यार्सागुम्बा सुरक्षामा खटेका छन्।

उक्त वडाका गाउँलेले अहिले आलोपालोमा गरी यार्सागुम्बा पाइने बुकी पाटन क्षेत्रको नाकामा सुरक्षा दिइराखिएको पुथाउत्तरगंगा‐१ मैकोटका भरतकुमार पुन मगरले जानकारी दिए। कोरोना संक्रमणका कारणले यार्सा संकलनबाट हुने स्थानीयको आम्दानी खोसिएको पुनले बताए।

निषेधाज्ञा र यार्सा टिप्नमा रोक लगाइए मौकामा यार्सा चोरी गर्न आउने क्रममा वडाबासीलाई संक्रमणको जोखिम हुने भएपछि यार्सा पाइने नाकामा गाउँले सुरक्षामा खटिएको पुनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.