|

इलाम  : फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट अन्तर्गत समूह चरणको छैटौं खेलमा नेपालले चाइनिज ताइपेईमाथि सहज जित दर्ता गरेको छ।

नेपालको जितमा अन्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरे। खेलको तेश्रो मिनेटमा अञ्जनले पेनाल्टी गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए। सन्तोष तामाङको फ्रिकिकमा विपक्षी खेलाडीले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि नेपालले पेनाल्टी पाएको थियो। जसलाई अञ्जनले गोलमा परिणत गरे।

८१ औ मिनेटमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका नवयुग श्रेष्ठले नेपालको अग्रता दोब्बर पारे। अन्जन विष्टको पासमा सुमन अर्यालले पेनाल्टी क्षेत्र भित्रबाट दिएको क्रसलाई नवयुगले पहिलो टचमा नै गोलमा परिणत गर्दै नेपाललाई २–० ले अघि बढाएका थिए।

यस जितसँगै नेपालले विश्वकप छनोटको समूह चरणमा चौथो स्थानमा रहने पक्का गरेको छ।

नेपालको एसियन कप छनोटको तेस्रो चरणमा प्रवेश गर्ने सम्भावना पनि जीवित रहेको छ। नेपालको ६ खेलमा २ जित र ४ हारसहित ६ अंक रहेको छ। जितविहीन ताइपेईको ६ खेलमा कुनै अंक छैन।

फोटो उपलब्ध : कुवेत फुटबल एसोसिएसन

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.