|

बारा : तस्करीको काठ ओसारपसारमा सरकारी गाडी प्रयोग भएको घटनाका सम्बन्धमा डिभिजन वन कार्यालय बाराले अनुसन्धान सुरु गरेपछि नगरपालिकाका कर्मचारीहरुमा भगाभाग भएको छ।

वन कार्यालयले अनुसन्धान सुरु गरेपछि जीतपुरसिमरा उपमहानगरका प्रमुख प्रसाशकिय अधिकृत चेतकुमार पोखरेल सम्पर्कविहीन छन् भने सवारी चालकहरु वच्चासिहं दनुवार, अब्वास अन्सारी पनि फरार छन्। तीनै जनाविरुद्ध वन कार्यालयले पक्राउ पुर्जी जारी गरिसकेको छ।

चोरी तस्करीको काठको बिगो मुल्याकंन दुई लाख भन्दा कम भएको मुद्दामा त्यसको फर्चाेट गर्ने अधिकार वन कार्यालय आफैले गर्नसक्ने कानुनी व्यवस्था छ।  तीन साताअघि जीतपुरसिमराको ना १ ग ७६२ नम्बरको सरकारी नम्बर प्लेटको टिपर चोरीको काठ ओसार्दै गरेको अवस्थामा चालकसहित पिलुवाबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो।

करिब ११ क्युवफिट चिरान काठ (१३ ओटा चिरान कडी) सहित चालक सुनिल चौधरी पक्राउ परेका थिए। प्रारम्भिक अनुसन्धानअनुसार चोरीको सो काठ पोखरेलले काठमाडौमा आफ्नो बन्दै गरेको घरको लागि ल्याएको हुनसक्ने आशंका गरिएको छ।

डिभिजन वन अधिकृत मञ्जुर अहमदले चालकको बयानका आधारमा वन कार्यालयले पोखरेल, टाँगियावस्तीका वडाध्यक्ष केदारप्रसाद बजगाई, सुपरभाइजर बिर्जु घिसिङ्ग, चालकहरु बच्चा सिहं दनुवार र  अब्वास अन्सारीलाई उपस्थित हुन पत्र पठाए पनि वडाध्यक्ष र सुपरभाइजर घिसिङ्गबाहेक अन्यले पत्र नबुझेको बताए। 

 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.