|

काठमाडौं : नेपालको संविधान जारी भएको दिनलाई कालो दिनको रूपमा मनाएका र संविधान जलाएका तराईका क्षेत्रीय दलहरूको एक हिस्सा अन्ततः सरकारमा सहभागी भएको छ। विघटन र एकता हुँदै सो शक्ति पछिल्लो समय जनता समाजवादी पार्टी (जसपा) को अस्तित्वमा छ र सत्ता संघर्षकै कारण यतिखेर विभाजोन्मुख छ।

केहीदिन अघिसम्म प्रधानमन्त्री केपी शर्मा ओलीको व्यक्तिगत आलोचना र सरकारका हरेक कदमविरुद्ध अभिव्यक्ति दिइरहेका जसपाका नेता राजेन्द्र महतो उपप्रधानमन्त्रीसहित १० मन्त्री लिएर सरकारमा गएका छन्। नेता महतो गत शुक्रबार उपप्रधान तथा शहरी विकास मन्त्रीमा नियुक्त भएका हुन्‌।​

६ महिनाअघि पहिलोपटक प्रधानमन्त्रीले संसद्‌ विघटन गर्दा केपी शर्मा ओली कडा शब्दमा विरोध गरेका महतोलाई दोस्रो पटकको संसद्‌ विघटनले भने सत्तामा पुर्‍याइदिएको छ।

महतोका लागि पहिला संसद्‌ विघटन प्रतिगमन, अनि अहिले कसरी अग्रगमन कसरी भयो त?

राजनीतिक विश्लेषक देवेश झा नेपाली राजनीति व्यवसायीककरण भइसकेको बताउँछन्। ‘लाभ-हानिको आधारमा राजनीतिक निर्णयहरू हुन्छन्, नैतिकताबारे त कोसँग के कुरा गर्नु र?' प्रतिप्रश्न राख्दै उनले भने, ‘समग्रमा नेपाली राजनीति सिद्धान्तच्युत भएको देख्छु म।’​

त्यसका लागि छलछाम, तिगडम गर्न सक्ने अझ वरिष्ठ राजनीतिज्ञ कहलिने अवस्था बन्दैछ। त्यो कुरा स्वयम् प्रधानमन्त्री केपी ओलले पनि पुष्टि गरेको आरोप  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी नै लगाउँछन्।​

हुन त राजनीति जोगी बन्नलाई गरिँदैन। तर सिद्धान्त र निष्‍ठाबाट स्खलित भएरै मन्त्री र प्रधानमन्त्री बन्नु मात्रै पनि राजनीति होइन। सत्ता र कुर्सीको वरिपरी घुमिरहेका नेताहरू चुनावमा मात्रै होइन, सधैँभरी जनताको वरिपरि घुम्ने अवस्था बन्न सकेमात्रै मुलुकको राजनीति सही ट्र्याकमा आउने अपेक्षा गर्न सकिन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.