|

भारतका दिग्गज अभिनेता दिलिप कुमार को आइतबार अचानक स्वास्थ्य बिग्रीएपछि अस्पताल भर्ना गरिएको छ।

उनलाई पछिल्लो केही दिनदेखि सास फेर्न गाह्रो भइरहेको उनकी श्रीमति सायरा बानोले जानकारी दिएकी छिन्।

आइतबार स्वास्थ्य अवस्थामा थप जटिलता आएपछि उनलाई मुम्बईको हिन्दुजा अस्पतालमा भर्ना गरिएको र हाल उनको डाक्टरको निगरानीमा उपचार भइरहेको बानोले भारतिय संचारमाध्यमसँग बताएकी छिन्। उनलाई आइतबार बिहान साढे ८ बजे हिन्दुजा अस्पतालमा भर्ना गरिएको हो।

कुमारलाई कोरोनाको आशंका गरिएपनि परिक्षण गर्दा नेगेटिभ देखिएको छ। बानोले भनिन्, ' सास फेर्न गाह्रो भइरहेको थियो त्यसैले उनलाई अस्पताल लिएर गयौं । उनलाई कोरोना भने देखिएको छैन।'

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.