|

काठमाडौं : कोरोना संक्रमणबाट विश्वको कुनै पनि मुलुक अछुतो रहन सकेको छैन। कोरोना न्यूनीकरण गर्न विश्वका धेरै मुलुकमा लकडाउन जारी छ। कतिपय देशमा कोरोनाविरुद्ध खोप अभियान जारी छ।

हालसम्म विश्वभर कोरोना  संक्रमित संख्या १७ करोड ४३ लाख ८२ हजार २२  पुगेका छ। कोरोनाले हालसम्म ३७ लाख ५२ हजार २ सय १२ जनाको मृत्यु भएको छ। कोरोनाबाट निको हुनेको संख्या १५ करोड ७६ लाख ४८ हजार ५ सय ७४ छ। 

आजको दिनसम्म विश्वका १० देशमा मात्र करिब १० करोड ८८ लाख १९ हजार ९ सय २३ जना संक्रमित भएका छन्। कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिका रहेको छ भने दोस्रोमा एसियाली मुलुक भारत छ।

त्यसपछि ब्राजिल, फ्रान्स, टर्की, रसिया, बेलायत, इटाली, अर्जेन्टिना र जर्मनी छन्।

जहाँ क्रमश : ३ करोड ४२ लाख २७ हजार २ सय ३७, २ करोड ८९ लाख ९६ हजार ९ सय ४०, १ करोड ६९ लाख ८५ हजार ८ सय १२, ५७ लाख १३ हजार ९ सय १७, ५२ लाख ९३ हजार ६ सय २७, ५१ लाख ३५ हजार ८ सय ६६, ४५ लाख २२ हजार ४ सय ७६, ४२ लाख ३३ हजार ६ सय ९८, ३९ लाख ७७ हजार ६ सय ३४, ३७ लाख १० हजार ३ सय ४१ रहेका छन्।

यस्तो थियो १ वर्षअघिको तथ्यांक

आजको ठीक एक वर्षअघि विश्वका १० देशमा कोरोनाको संक्रमण ४७ लाख ८८ हजार ५ सय ६५ थिए।

जसमा अमेरिका, ब्राजिल, रसिया, स्पेन, बेलायत, भारत, इटाली, पेरु, जर्मनी, इरानमा संक्रमितको दर उच्च थियो। जहाँ क्रमश : २० लाख ७ हजार, ४ सय ४९, ६ लाख ९१ हजार ९ सय ६२, ४ लाख ६७ हजार ६ सय ७३, २ लाख ८८ हजार ६ सय ३०, २ लाख ८६ हजार १ सय ९४, २ लाख ५७ हजार ४ सय ८६, २ लाख ३४ हजार ९ सय ९८, १ लाख ९६ हजार ५ सय १५, १ लाख ८५ हजार ८ सय ६९ र १ लाख ७१ हजार ७ सय ८९ रहेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.