|

ओखलढुङ्गा : मोलुङ गाउँपालिका–७ का एक युवकको कुलोमा डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा  २५ वर्षीय रविन अधिकारी रहेका छन्।

सोमबार साँझ साथीहरुसँग मोलुङ खोलाबाट माछा मारी घर फर्कने क्रममा मोलुङ गरही सिंचाइ कुलोको डिलबाट लड्दा अधिकारी कुलाको पानीमा परेका थिए। उनको कुलोमा डुब्दा घटना स्थलमै उनको मृत्यु भएको बताइएको छ। 

घटनाको जानकारी पाउना साथ प्रहरी चौकी प्राप्चा र ईलाका प्रहरी कार्यालय बरुणेश्वरबाट प्रहरी टोली घटना गएको थियो। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.