|

इलाम : जङ्गली च्याउ खाएर इलाममा दुईजनाको ज्यान गएको छ।

गत २२ गते च्याउ खाएर बिरामी परेका ४ जना मध्ये सन्दकपुर गाँउपालिका–१ खोलाघारीका ५० वर्षीय टिका बहादुर राई र सोहि स्थानका ५२ वर्षीय जित बहादुर राईको उपचारकै क्रममा झापाको बिएण्डसी अस्पतालमा मृत्यु भएको हो।

च्याउ खादा इलाम नगरपालिका ३ पुवामझुवाका ३५ वर्षीय वीरमान राई उनकी श्रीमती ३२ वर्षीया बिष्णु कुमारी राई समेत बिरामी भई बिएण्डसीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.