|

काठमाडौं : धितोपत्र कारोबार हुने साताको तेस्रो दिन मंगलबार फेरि बजारले नयाँ कीर्तिमान कायम गरेको छ। आज नेप्से परिसूचक ५३.४४ अंकले बढेर २९६०.१४ को विन्दुमा उक्लिएको छ।

यो नेप्सेले चुमेको हालसम्मकै उच्च विन्दु हो। यसअघि गत आइतबार जेठ २३ गते नेप्से २९०६.९१ को विन्दु चुम्दै नयाँ रेकर्ड कायम गरेको थियो। जुन रेकर्ड आज ब्रेक भएको छ।

आज नेप्से परिसूचकले अल टाइम हाइको रेकर्ड बनाएको हो। आज फाइनान्स र विकास वैंकका लगानी कर्ताहरुले राम्रो कमाएका छन्। यसैगरी आज राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ७.४७ अंकले बढेर ५२८.११ को उचाइमा पुगेको छ। कारोबार रकम पनि १७ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १० वटामा हरियाली छाएको छ भने ३ वटामा रातो पोतिएको छ। यो दिन विकास बैंक समूह सर्वाधिक ९.०४ प्रतिशतले उकालो लागेको छ।

वित्त समूह ८.७१ अंकले बढेको आज बैंकिङ समूहमा १.०३ प्रतिशत, जलविद्युत समूहमा १.९९ प्रतिशत, जीवन बीमा समूहमा ३.६४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा २.१५ प्रतिशत, म्युचुअल फन्ड समूहमा २.२५ प्रतिशत, निर्जीवन बीमा समूहमा ३.७८ प्रतिशत, अन्य समूहमा २ प्रतिशत र व्यापार समूहमा ०.४७ प्रतिशतको बढोत्तरी भएको छ।

आज लगानी समूह सर्वाधिक ०.८८ प्रतिशतले घटेको छ। होटेल तथा पर्यटन समूह ०.४६ प्रतिशतले घट्दा लघुवित्त समूहमा ०.४५ प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २१८ कम्पनीका ३ करोड ५७ लाख ४२४ कित्ता सेयर १६ अर्ब ९५ करोड १३ लाख २० हजार ६४० रुपैयाँमा किनबेच भएको छ। 

आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक १ अर्ब ६ करोड रुपैयाँ बढीको कारोबार भएको छ। रसुवागढी हाइड्रोपावरको ४७ करोड ८२ लाख रुपैयाँबराबरको कारोबार भएको यो दिन युनाइटेड मोदी हाइड्रोपावरको ३७ करोड ३९ लाख रुपैयाँ, लुम्बिनी विकास बैंकको ३५ करोड ७८ लाख रुपैयाँ, निफ्राको ३३ करोड ३१ लाख रुपैयाँ, गरिमा विकास बैंकको २९ करोड ६५ लाख रुपैयाँ, एनसीसी बैंकको २९ करोड ३० लाख रुपैयाँ, मुक्तिनाथ विकास बैंकको २८ करोड ६३ लाख रुपैयाँ, कुमारी बैंकको २८ करोड ६२ लाख रुपैयाँ र नेश्नल हाइड्रोपावरको २५ करोड ७२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने 

आज ३४ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। हिमालयन जनरल इन्स्योरेन्स, गोखार्ज फाइनान्स, श्री इन्भेस्टमेन्ट फाइनान्स, जानकी फाइनान्स, सांग्रिला डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक र ग्रिन डेभलपमेन्ट बैंकको सेयरमूल्य १० प्रतिशतले बढेको छ।

यस्तै ज्योति विकास बैंक, कर्णाली डेभलपमेन्ट बैंक, प्रोग्रेसिभ फाइनान्स, मल्टीपर्पस फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंक, गुडविल फाइनान्स, महालक्ष्मी विकास बैंक
मञ्जुश्री फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक, साइन रेसुंगा डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, बरुण हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर, गरिमा विकास बैंक, कामना सेवा विकास बैंक, आईसीएफसी फाइनान्स, रिडी हाइड्रोपावर, युनिभर्सल पावर कम्पनी, पञ्चकन्या माई हाइड्रोपावर, सेन्ट्रल फाइनान्स, पोखरा फाइनान्स, रिलायन्स फाइनान्स, बेस्ट फाइनान्स, समृद्धि फाइनान्स, सिन्धु विकास बैंक, एक्सेल डेभलपमेन्ट बैंक र मछ्याङ्दी हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतको हाराहारीमा बढेको छ।

यस्तै आज युनाइटेड मोदी हाइड्रोपावर र नेपाल इन्स्योरेन्सको सेयरमूल्य पनि ९ प्रतिशतभन्दा बढीले उकालो लागेका छन्। यो दिन मेरो माइक्रोफाइनान्स, हिमाल दोलखा हाइड्रोपावर र सामुदायिक लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यी तीनै कम्पनीको सेयरमूल्यमा ३ प्रतिशतको हाराहारीमा गिरावट आएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.