|

मणिकुमार श्रेष्ठ सिजन

लाग्छ मानिसको नजिकको सारथि भनौँ या मानिसभन्दा धेरै ज्ञानी समाज र संरक्षणका  हरेक सोचमा विकासवादी, प्रगतिशील अनि समाजवादी पन्छी गौँथली हो। सायद धेरैले यसको बारेमा सोचेका होलान्।

उपर दलिनमा गौँथली बस्दा
तलतिर त्यसको मैला खस्दा
म उठेँ सहसा रिसले जागी
त्यो गुँड भत्काउनका लागि।

कविशिरोमणि लेखनाथ पौड्यालले ‘गौँथली बोल्यो चिरिबिरी च्यार्र’ शीर्षकको कवितामा जसरी रिस पोखेका छन् उनकै ‘मै खाऊँ मै लाऊँ सुख सयल वा मोज म गरूँ’ कवितामा मानवजातिको भावसँग नै ठोकिन्छ। नेपालको समाजवाद उन्मुख संविधान र समाज चाँहि मिहिनेती र जागरूक गौँथलीभन्दा धेरै टाढा छ मानव स्वभाव।

कतिले कथा लेखे। कतिले गीत र कविता लेखे।  तर, थोरैले मात्र यसको गहिरिएर अध्ययन गर्ने गरेका छन्। हामीले आफ्नो जीवनको लामो समय एउटै घरको एउटै कोठामा उठबस गरेर बिताएका छौं। अनि कयौ पुस्ता त्यही घरको स्याहार सुसारमा बितिसकेको छ।

मानव जाति भनेको नै पुस्तौँको अनुभवबाट नवीनतमको खोजीमा तल्लिन रहेका छौं। विभिन्न विद्धानहरूले संसारका सबै जीवजन्तुको अध्ययन अनुसन्धान गर्ने क्रम जारी राखेका छन्। विश्वका विभिन्न देशहरूले विभिन्न ग्रहहरूमा मानव सभ्‍यताको सम्भावना छ कि छैन भनी खोजी कार्य जारी राखेका छन्। 

हामीले घर गौँथली र भिर गौँथली भनी नामकरण गर्ने गरेको छौं। हामीले हेरेका विकासमा हातेमालो गर्ने हो भने जस्तोसुकै काम पनि गर्न सक्नेछौँ। त्यसैले गौँथलीको संरक्षण गरौँ। गौँथलीबाट माया सिकौं सिर्जना सिकौं। प्रकृति बुझौं। अनि मात्र समाजवाद चिन्न सक्छौं।

यसरी मानिसको विकासवादी सोचलाई नजिकबाट तपाई हाम्रो घरमा सदैब आउने गौँथली नामको चरीले वास्तविक विकासवादी सोचलाई अनावरण गरिदिएको छ। हरेक दिन गौँथलीले बिहानीको मिर्मिरे उज्यालोसँगै मानिसलगायत विभिन्न जीवजन्तुलाई आफ्नो आवाजको माध्यमबाट उठाउने काम गर्दछ। गौँथलीको चिरबिरसंगै बिहानीको सुरुवात हुन्छ।

मानिस आफ्नो काममा बाहिर जान्छन्। मानिस साँझ घर फर्कंदा मानिस सँगसँगै ती गौँथलीहरू समेत घर फर्किएका हुन्छन्। यो नियम विशेष गरी श्री पञ्चमीको समयमा आएर नाग पञ्चमीमा घर छोडी जाने घर गौँथलीमा लागू हुन्छ।

यसरी लामो समयसम्म घर छोडी जाने गौँथली कहाँ जान्छ होला। सायद मानिसको भाषा बुझिदिने हो भने हामीले गौँथलीसँग लामो समयसम्मका अनुभवहरू साटासाट गर्न सक्ने थियौँ होला। तर, गौँथली यस्तो पन्छी हो जसले मानिसको हरेक दृष्टिकोणमा दखल पारिरहेका हुन्छ।

गौँथली हाम्रो घरमा बस्दा के कसरी बस्ने गर्दछन् त्यो भने बडो महत्वपूर्ण अनुभव र ज्ञान हो। यसरी गौँथलीले नागपञ्चमको दिन तथा आसपासका आफू बसको घरको गुणलाई चटक्क माया मारेर दूरको यात्रामा निस्किएको हुन्छ। उनीहरू कहाँ जान्छन् हामीलाई थाहा हुँदैन।

हामी आफ्नो घर बिग्रियो भने यसो उसो टालटुल पारेर बनाई बस्छौँ। गौँथली तपाईं हाम्रो घरमा आएर पुरानै गुँड राम्रै भए पनि नयाँ गुँड बनाउन सुरु गर्छन्। कतिले फोहोर पार्ने भनेर खेद्छन्। कसैका मनमा दया पलाउँदा गौँथलीको गुँड बनाउन सजिलो होस् भनी काठको टुक्रा अडेसको रूपमा राख्ने गर्दछौँ। हाम्रो समाजमा कतिपय मानिसमा गौँथलीलाई जति पनि मानिसलाई, माया ममता गर्ने परिपाटी रहेको देखिदैन। नत त्यस्तो प्रकारका अनुभुति दिलाउन सकिरहेका छौं।

सायद यो हाम्रो हुर्काइका क्रममा समाजले र राजनीतिक संस्कारका कारण उब्जिएको पनि होला। हामी कसैको प्रगतिमा सहयोगी हुने भन्दा पनि वाधक भएर उभिएका हुन्छौं। भगवानले अरूको प्रगतिको खुसीमा बाँच्ने मानिसहरूप्रति सदैव सद्भाव राखेका हुन्छन्।

हामीले आफ्नो जीवनलाई कस्तो तुल्याउने होअनि कस्तो समाज बनाउन खोजिरहेका छौँके कुरा आजको युगले मागिरहेको आजको युग भनेको वैज्ञानिक समाजवाद सहभागितामूलक लोकतन्त्रको युग हो भन्नु मुखको कुरा मात्रै हो र !

हामीले आफ्नो जीवनलाई समाजको विकास र समाजमा रहेको विभिन्न प्रकारका समयानुकूल नभएका प्रथा, गरिबी, अशिक्षा, भोकमरी र अपहेलनामा रहेका मानिस र समुदायको उन्नतिका लागि समय खर्चिनुपर्ने आवश्यक छ। चाहे त्यो विचारको माध्यमबाट होस् या सहयोगको माध्यमबाट।

जसरी एक जोडी गौँथली आएर हाम्रा घरमा नयाँ गुँड बनाएर ती गौँथलीले ५ देखि ६ महिनाको बसाइमा २ देखि ३ छिमल बच्चालाई हुर्काएर अनन्त आकाशमा उडाउँछन्। हामीले पनि आफ्नो जीवनमा यस्ता सिर्जना गर्न सक्छौं।

उडेका बच्चा कहाँ जान्छन् सायद हामीले अनुमानसमेत गरेका हुँदैनौँ। गौँथलीको ती जोडीले हुर्काएको बच्चा मिहिनेतका साथ स्याहार सुसार गरेर आफैं जिउन सक्ने भएपछि आफैँले लखट्ने गरेका छन्। यो भनेको थप जीवनको सुरुवात गर। कसैको भरोसामा नबस। आफ्नो परिश्रमको लागि जाऊ। भनेर गौँथलीको बुवा-आमाले अनन्तसम्मका लागि पठाउने गर्दछन्। सायद उनीहरूको बेला-बेलामा भेटघाट होला। सन्चो विसन्चो पनि सोधनी होला कि!

ठिक यहीँनेर हामीले फर्निनान्डको विचारलाई स्मरण गर्न सक्छौँ। मानिसले जीवनको वास्तविक अध्ययन गर्नका लागि विभिन्न विश्वविद्यालयहरूमा अध्ययन गर्नु पर्दछ। आजको युग भनेको, जीवनको नयाँ अनुभवलाई वास्तविकतामा बदल्ने युग हो। यो अपरिहार्य कलाभित्र पर्दछ।

जसरी गौँथलीले आफूले एक छिमल बच्चाहरू जन्माइ हुर्काइ सकेपछि त्यस गुँडमा फेरि पोथी गौँथलीले अण्डा पार्न असमर्थता जाहेर गर्छिन् अनि दुवै भएर फेरि नयाँ गुँड बनाउन थाल्छन्। यसरी उनीहरूको जीवन जिउने तरिका मानवजातिको लागि अत्यन्तै उपयोग सिद्ध रहेको छ।

गौँथलीले आफ्नो गुँड माटाको साना-साना डल्लो आपसमा जोडेर बनाउँछन्। जुन अत्यन्तै हेर्न लायक देखिन्छ। यसरी बनाएको गुँड हेर्दा लाग्छ हाम्रो सामाजिक संरचनासमेत आपसमा मिलेर मानिसका भावनाहरू एक आपसमा मिलाएर नयाँ सामाजिक मान्यताको विकास गर्नु आवश्‍यका भएको छ। जुन सामाजिक मान्यताले युगौँ युगसम्मका लागि सदाचार, समाज निर्माण गर्न सकोस्।

समाजवादी विचार र समाजवादी कार्यक्रमहरूलाई त्यसको गुण र दोषको आधारमा कालोलाई कालो र सेतोलाई सेतो देख्न सक्ने क्षमता हामीसँग हुनु पर्दछ। अनि मात्र जीवन जिउनुको सार्थकतालाई बुझ्न सकिनेछ।

विश्वको मानव विकासको इतिहास हेर्ने हो सिन्धु घाँटीको सभ्यताको अध्ययन गर्न सक्छौं। जहाँको सभ्यताले सिंगो विश्वको माविन सभ्यताको पहिचान दिने गरेको छ। आजको प्रगतिशील समाजवादको युगमा हामीले गौँथलीले जस्तो एउटा सामाजिक कामका लागि संगठन बनाउन सक्नुपर्दछ।

हुन त हामीले गौँथलीको कुरा गरिरहँदा उसले आफ्नो बच्चाको सरसफाइको लागि अति नै ध्यान दिएको देखिन्छ। बचेराका बिष्टलाई समेत गौँथलीले आफ्नो चुचोले च्यापेर बाहिर लागेर फालेका धेरै पटक देखेका छौँ।

हामीले सुन्दर नेपाली समाजको परिकल्पना गरिरहँदा यहाँ लामो समयसम्म एकल नेतृत्वको विकास भएको छ। जसले हामीलाई कालान्तरमा सामान्तवादको दलदलमा फसाउने कुराका कसैको विमति छैन।

सामाजिक न्यायको लागि गौँथलीको उदाहरण दिइरहँदा हामीले आफ्नो मूल्य-मान्यतालाई भुलेर सामाजिक खलल पुर्‍याउने खालको काम गरिरहेका हुन्छौँ। यस खालको कामलाई हामीले निकै गहनताका साथ हेर्न जरुरी रहेको छ।

हामीले घर गौँथली र भिर गौँथली भनी नामकरण गर्ने गरेको छौं। हामीले हेरेका विकासमा हातेमालो गर्ने हो भने जस्तोसुकै काम पनि गर्न सक्नेछौँ। त्यसैले गौँथलीको संरक्षण गरौं। गौँथलीबाट माया सिकौं सिर्जना सिकौं। प्रकृति बुझौं। अनि मात्र समाजवाद चिन्न सक्छौँ।

किनकि साना-साना ती गौँथलीहरूको निरन्तरको मिहिनेतपछि उनीहरूको बचेरासहित ७ वटा गौँथली बस्न मिल्ने माटाको घर र न्यानोका लागि आकर्षक मुलायम प्वाँखरूको खोजी गरेर जीवन सुन्दर बनाएको हामीले देखेका छौँ। महशुस समेत गरेका छौं।

 यसैगरी समाजवादी विचार र समाजवादी कार्यक्रमहरूलाई त्यसको गुण र दोषको आधारमा कालोलाई कालो र सेतोलाई सेतो देख्न सक्ने क्षमता हामीसँग हुनु पर्दछ। अनि मात्र जीवन जिउनुको सार्थकतालाई बुझ्न सकिनेछ।

नत्र हाम्रो जीवन पनि आम जीवनभन्दा फरक हुनेछैन। जसले सदैव सामाजिक न्याय र हाम्रो सामाजिक सद्भावलाई खलल पुर्‍याउन सक्नेछ। त्यसैले समयमै हामीले आफ्नो जीवनलाई बुझी सामाजिक न्यायको पक्षमा लगाउन क्रियाशील हुनुपर्दछ। 

लेखक साल्पासिलिछो गाउँपालिका, भोजपुरका योजना अधिकृत हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.