|

रौतहट : रौतहट प्रहरीले बुधबार बिहान करिब ३१ लाख नेपाली रुपैयाँसहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

रौतहटको परोहा नगरपालिका-९ रामपुरखाप स्थित नेपाल भारत सीमामा प्रहरीले चेकजाँच गर्ने क्रममा ती दुई भारतीय नागरिकसहित रकम बरामद गरेको हो।

भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०५ आर ४५२१ नम्बरको भारतीय नम्बरको मोटरसाइकलसहित मोटरसाइकल चालक भारत जि.मोतिहारी घोडासहन बस्ने २२ वर्षीय बन्टिकुमार कलवार र पछाडि बस्ने सोही गाउँका २० वर्षीय सुरज कलवारलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख सिद्धि बिक्रम शाहले जानकारी दिएका छन्।

प्रहरीले सीमा क्षेत्रमा तिनीहरूलाई रोकी चेकजाँच गर्दा निजहरुले बोकेको नाइलुनको झोलामा र निजहरुको साथबाट भारतबाट नेपालतर्फ पैठारी गरि ल्याएको अवैध रकम (स्रोत नखुलेको) रु.३०,७६,०००।–  (तिस लाख छयत्तर हजार) नेपाली नगद रुपैया बरामद गरेको एसपी शाहले जानकारी दिए।

 मोटरसाइकलसहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान उनले जानकारी दिएका छन्। गत साउनयता रौतहट प्रहरीले करिब १ करोडभन्दा  स्रोत नखुलेको रकम बरामद गरिसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.