काठमाडाैं : नयाँ बानेश्वर चाेकमा आकाशेपुल निर्माण भएकाे छ। आकाशेपुल निर्माण गर्न सडक डिभिजन कार्यालय काठमाडौं र प्राकृतिक/पवन/जेभीसँग २०७५ चैत २५ गते नै ठेक्का सम्झौता भएको थियो।
सम्झौता अनुसार चार करोड रुपैयाँमा निर्माण थालिएको यो आकाशेपुल २०७६ पुस मसान्तसम्ममा ठडिइसक्नुपर्ने भए पनि आज मात्र ठड्याइएकाे छ। पुलकाे स्ल्याब मात्र राखिएकाे छ भने अन्य भाग निर्माण कार्य जारी छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।