|

काठमाडौं : चारवटा प्रदेश सरकारले आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन्। प्रदेश १, २ नम्बर, बागमती र सुदुरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि नीति तथा कार्यक्रम ल्याउन लागेका हुन्। 

प्रदेश १ सरकारले आज अपरान्ह तीन बजे प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले निती तथा कार्यक्रम पेश गर्ने कार्यसूची रहेको प्रदेशसभाकी प्रवक्ता चमिला भट्टराईले जानकारी दिइन्। आज एक बजे कार्यव्यवस्था समितिको बैठक बसेर यसबारे टुंगो लाग्ने भट्टराईले बताइन्।  

यस्तै प्रदेश नम्बर २ सरकारले दिउँसो २ बजे बस्ने बैठकमा नीति तथा कार्यक्रम पेश गर्ने छ।  प्रदेशसभा बैठकमा प्रदेश प्रमुख डाक्टर राजेश झा ‘अहिराज’ले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सभामुख सरोजकुमार यादवले जानकारी दिए। 

यस्तै बागमती प्रदेशसभाको दिउँसो साढे ३ बजे बस्ने बैठकमा प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।   सरकारले कोभिड १९ को महामारी नियन्त्रणलाई मुख्य प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम तयार पारेको बागमती प्रदेश सरकारले जनाएको छ। प्रतिपक्षी दलहरुले भने नीति तथा कार्यक्रम र बजेट प्रदेशसभाबाट पारित गर्न नदिने योजना बनाएका छन्।

यस्तै, सुदुरपश्चिम प्रदेशसभाको दिउँसो ४ बजे बस्ने बैठकमा प्रदेश प्रमुख गंगाप्रसाद यादवले नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ। प्रदेशमा बजेट ल्याउनुभन्दा १५ दिन अगावै नीति तथा कार्यक्रम ल्याउनुपर्ने कानूनी व्यवस्था भए पनि यस वर्ष राजनीतिक किचलो र उतारचढावका कारण ढिलो भएको छ। प्रदेश सरकारहरुले असार १ गते अगामी वर्षको बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.