काठमाडौं : पूर्व महालेखा परीक्षक नरकान्त अधिकारीको निधन भएको छ ।
काठमाडौंस्थित लैनचौरमा रहेको आफ्नै निवास उनको १०१ वर्षका उमेरमा आज बिहान निधन भएको हो। अधिकारी २०४१ सालदेखि २०४७ सालसम्म महालेखा परीक्षक बनेका थिए।
निजामती सेवामा लामो अनुभव हासिल गरेका अधिकारी नेपाल सरकारका अर्थ, रक्षा र कृषि सचिव पनि भएका थिए ।
उनले नेपालको निजामती प्रशासन र धार्मिक विषयमा पुस्तकहरू पनि लेखेका छन्। उनका दुई छोरा र एक छोरी छन् ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।