कुन ठाउँको कसले ठेक्का पायो?

|

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले बिजुलीको तारलाई भूमिगत (अन्डर ग्राउण्ड) गर्ने काम निषेधाज्ञाका बेला पनि निरन्तरता दिएको छ। प्राधिकरणले अहिले धोबीखोला करिडोरको सेतोपुल‚ रातोपुल, कालोपुललगायत ठाउँमा तारलाई भूमिगत गर्दै आएको छ।

कामदारका अनुसार धोबीखोला करिडोरको करिब तीन किलोमिटर तारलाई भूमिगत गर्न सकिएको छ। प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर काम गरिरहेको बताए।

उनले भने, ‘कोरोना जोखिमका कारण अहिले पनि निषेधाज्ञा जारी छ, तै पनि कामदारको विशेष ध्यान राखेर तारलाई भूमिगत गरिरहेका छौं।’ निषेधाज्ञाका कारण भने जस्तै कामदार भने खटाउन नसकिएकाे तिम्सिनाको भनाइ छ।

‘काठमाडौं उपत्यकामा ३० महिनाभित्रमा सबै बिजुली तार भूमिगत गर्ने लक्ष्य छ,’ उनले भने, ‘त्यहीअनुसार ठेकेदार कम्पनीले काम गरिरहेका छन्।’  यसअघि चाबहिल चोक क्षेत्र,काेटेश्वरलगायत ठाउँमा तार बिछ्याउने काम सकिएकाे छ। प्राधिकरणले पोल गाडेर टाँगेको तारलाई भूमिगत गर्न २०७४ सालमा प्रक्रिया अघि बढाएको थियो।

त्यसको एक वर्षपछि २०१९ मार्चमा प्राधिकरण र भारतीय निर्माण कम्पनी केइआई इन्डस्ट्रिजबीच रत्नपार्क र महाराजगञ्ज क्षेत्रमा सम्पूर्ण विद्युत् वितरण लाइन भूमिगत गराउने गरी ठेक्का सम्झौता भएको थियो।

२०७६ फागुन ५ मा पहिलो चरणमा रत्नपार्क र महाराजगञ्जको विद्युत् वितरण केन्द्रअन्तर्गत क्षेत्रमा तार भूमिगत गर्ने काम भएको थियो। त्यसबेला महाराजगञ्ज क्षेत्रमा विद्युतीय  तारलाई भूमिगत बनाउने काम प्रधानमन्त्री केपी शर्मा ओलीले नै उद्घाटन गरेका थिए।

त्यस क्षेत्रको काम पनि सकिएका प्राधिकरणले जनाएको छ। काठमाडौं, ललितपुर र भक्तपुर क्षेत्रमा तार भूमिगत पार्ने काम सकिएपछि भरतपुर, पोखरालगायत उपत्यकाबाहिरका जिल्लामा तार व्यवस्थापन गर्ने प्राधिकरणको योजना छ।

कुन ठाउँको तार व्यवस्थापन, कसले ठेक्का पायो?

प्राधिकरणले रत्नपार्क‚ नयाँबानेश्वर‚ तीनकुने‚ एयरपोर्ट‚​ गौशला‚​ चाबहिल‚चुच्चेपाटी‚ बौद्ध,जोरपाटी क्षेत्रमा भूमिगत गर्ने कामको ठेक्का केइआई इन्डसट्रिज लिमिटेड इन्डियसँग २०१९ मार्च १५ मा सम्झौता गरेको थियो।

९०० दिनमा काम सक्ने गरी ८३ करोड १५ लाख रूपैयाँमा ठेक्का सम्झौता भएको थियो। अहिलेसम्म चाबहिल-चुच्चेपाटी र चाबहिल-मित्रपार्कमा तारकाे व्यवस्थापन सकिएको छ। त्यस्तै महाराजगञ्ज-बालाजु क्षेत्रको भूमिगत तारका लागि केइआई इन्डसट्रिज लिमिटेड इन्डियसँग नै २०१९ मार्च १५ मै ठेक्का सम्झौता भएको थियो।

त्यस क्षेत्रमा पनि ९ सय दिनमा सक्नेगरी एक अर्ब एक करोड ६९ लाख ७० हजार रूपैयाँ लागतमा ठेक्का सम्झौता भएकोमा हाल बुढानीलकण्ठ स्कुलको ५०० मिटर, लैनचौर लगायत क्षेत्रमा काम सकिएकाे प्राधिकरणले जनाएको छ।

कोरोनाले गर्दा ठेक्का सम्झौता भएको समयमा काम नसकिने भएपछि समय थपिएको प्राधिकरण प्रवक्ता तिम्सिनाको भनाइ छ। उनले भने, ‘अहिले भने काठमाडौं जिल्लामा तारलाई भूमिगत गर्ने काम भइरहेको छ। भक्तपुर र ललितपुर क्षेत्रको लागि यसै गरी काम गर्न बोलपत्र मूल्यांकन भइरहेको छ, पोखरा र भरतपुर क्षेत्रको लागि पनि बोलपत्र आह्वान गर्ने तयारी सुरु भएको छ।'

याे पनि पढ्नुहाेस्

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.