|

काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा तीन हजार ७ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार १५ हजार दुई सय ३८ जनामा कोरोना परीक्षण गरिएको थियो।

त्यस्तै मन्त्रालयले कोरोना संक्रमणबाट ५९ जनाको मृत्यु भएको जनाएको छ। यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार दुई सय ३६ जना पुगेको छ। पछिल्लो समय पाँच हजार दुई सय ९३ जना कोरोनामुक्त भएका छन्।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा काठमाडौंमा पाँच सय ४०, भक्तपुरमा ९९ र ललितपुरमा एक सय २५ गरी कुल सात सय ६४ जना कोरोना संक्रमित भेटिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.