|

काठमाडौं : नेकपा एमालेका नेता महेश बस्नेतले राजनीति जीवनमा पद प्राप्ति मात्रै ठूलो कुरा नभएको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्दैगर्दा गृहमन्त्रीको चर्चा भइरहेको बेलामा नाम नपरेपछि उनले यस्तो बताएका हुन्।

उनले फेसबुकमा लेखेका छन्, - 'मेरो राजनैतिक जीवनमा पद प्राप्ति ठूलो विषय कहिले बनेन्। पार्टी नीति , नेतृव र निर्देसन सदैब पालना गरेर अगाडि बडेको छु। परिभाषित काममा सदैब आफ्नो दक्षता देखाएको छु। पार्टी भित्र मात्र होइन बाहिरका मान्छेलाई समेत प्रभाब र दबाब पर्ने गरी काम गरेको छु।'

आफ्नो निर्वाचन क्षेत्र भक्तपुरमा आम जनताको र देशभरको एमाले कार्यकर्ता र युवा पंक्तिको मन जितेरै बसेको दाबी गरेका छन्। उनले पटक पटकको मन्त्री मण्डलको पुनर्गठनका बेलामा आफ्नो नाम चर्चा हुने गरेको समेत बताएका छन्।

'मेरो सहयोद्धा कमरेडहरु बनाउने पक्षमा र बनाउनै हुदैन भन्ने पक्षमा ब्यापक लाग्नु हुन्छ। हो , मेरो सफलतामा कोही आफ्नो भलो र कोही आफ्नो राजकाज सकिन्छ भन्ने ठान्छन्' उनले लखेका छन्, 'मेरो बिरोधि साथीहरुलाइ म झन धेरै धन्यवाद दिन चहान्छु। जस्को कारण म हरेक पलमा सचेत भएर कदम चाल्दछु। त्यो नै महिले सिकेको सिकाई हो र उपलब्धि पनि !

मिडियामा आएजस्तो आक्रोशित र गुट फेर्ने चेतावनी दिएको भन्ने कुरामा कुनै सत्यता नरहेको समेत स्पष्ट पारेका छन्। पद नपाउँदा विचलन हुने अवसरवादी चरित्र आफूसँग नभएको जिकिर गरेका छन्।

'मेरो नाम जोडेर म आक्रोसमा छु। गुट फेर्दैछु जस्ता समाचार लेखिरहेका छन्। तेस्तो भ्रममा कोही नपरौ म जहाँछु तेही रहनेछु  र म जे छु तेही छु पद नपाउदा बिचलनमा आउने मेरो कुनै अबसर्बादी चरित्र छैन र हुने पनि छैन' उनले लेखेका छन्, 'म अझै जोस जाँगर र उर्जाका साथ लाग्नेछु। मेरो राजनैतिक जीवनमा महिले विकाश गर्न खोजेको नयाँ अभ्यास र संस्कार समय क्रममा थप पुष्टि हुनेनैछ। पटकपटक अग्निपरीक्षामा होमिन तयार छु।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.