|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको बहिर्गमनको लागि प्रयासरत विपक्षी गठबन्धनका नेताहरू छलफलमा जुटेका छन्।

कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठ नेताहरूको छलफल चलिरहेको कांग्रेस सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।

छलफलमा देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका नेता माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव रहेको उनले बताए।

नेताहरूबीच पछिल्लो समयमा सिर्जित समसामयिक बिषयमा छलफल भइरहेको बताए।

प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि विपक्षी गठबन्धन निर्माण भएको थियो। 

संघीय सरकार प्रधानमन्त्री गरेको मन्त्री परिषद् पुनर्गठन, प्रदेश सरकारमा अब कसरी अघि बढ्ने भन्नेबारे रणनीति बनाउन छलफलमा जुटेको बुझिएको छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.