|

काठमाडौं :  मुटुमा समस्या आएपछि अस्पताल भर्ना भएका वाङ्मय शताब्दी पुरूष डा सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार आएको छ। 

बुधबार उनलाई किस्ट मेडिकल कलेजमा उपचारार्थ भर्ना गरिएको थियो। आजदेखि उनको स्वास्थ्यमा सुधार आएको कलेजका प्रिन्सिपल प्रा.डा. बालमानसिंह कार्कीले बताएको साहित्यकार नरेन्द्र प्रसाईंले जानकारी दिए।

छाती दुख्न र पोल्न थालेपछि डा.जोशीलाई अस्पतालमा पुर्‍याइएको थियो । 'हिजै उहाँले घर जाने इच्छा प्रकट गर्नुभएको थियो तर हामी उहाँको विशेष उपचार गरिरहेका छौँ र पूर्ण रूपमा आराम भएपछि मात्र उहाँलाई घर पठाउने छौँ ।' डाक्टरको भनाई उद्धृत गर्दै प्रसाईंले भने।

स्मरणरहोस् डा.जोशी र उनकी पत्नी राधादेवी जोशीले किस्ट मेडिकल कलेजका विद्यार्थीको अध्ययन र शोधका लागि आआफ्नो शरीर मरणोपरान्त समर्पण गरेका छन्। डा.जोशी वैशाख ३० गतेदेखि १०२ वर्षमा प्रवेश गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.