|

काठमाडाैं : नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले मन्त्रालयमा को मन्त्री आयो को मन्त्री गयो भनेर होइन काममा ध्यान दिन कर्मचारीहरुलाई निर्देशन दिएकी छन्। 

बिहीबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री थापाले मन्त्रीभन्दा मन्त्रालयको काममा कर्मचारीहरुको ध्यान जानुपर्ने बताइन्। सरकार र सरकारको योजना सफल बनाउन सञ्चार मन्त्रालयको महत्वपूर्ण भूमिका रहेको भन्दै मन्त्री थापाले जनतालाई सूचना प्रविधिको पहुँचमा लैजान आवश्यक रहेको बताइन्। 

परिचयात्मक कार्यक्रममा मन्त्री थापाले समृद्ध नेपाल सुखी नेपालीको नारालाई साकार बनाउन मन्त्री, कर्मचारी भएर काम गर्न आफू सधैं खुला रहेको स्पष्ट पारिन्।

निवर्तपमान गृहमन्त्री रामबहादुर थापा बादलपत्नी मन्त्री थापा यसअघि राष्ट्रिय महिला आयोगको अध्यक्ष थिइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.