|

झापा : झापाको अर्जुनधारामा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। अर्जुनधारा नगरपालिका-३ निवासी ८२ वर्षीया गलमाया खड्काको मृत्यु भएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए। 

प्रहरीका अनुसार बिहीबार दिउँसो ३ बजेर २० मिनेटमा आफ्नै घरको पानी तान्ने मोटर चलाउने क्रममा वृद्धा खडकालाई करेन्ट लागेको थियो। 

करेन्ट लागेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि बिर्ता सिटी अस्पताल बिर्तामोड पुर्‍याएलगतै चिकित्सकले मृत घोषित गरिदिएका प्रहरीले जनाएको छ। यता घटनाको विषयमा इलाका प्रहरी कार्यालय अनारमनिले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.