|

धनगढी : कैलालीको विभिन्न स्थानीय तहहरुमा कोरोनाविरुद्धको खोप अभियान सञ्चालनमा छ। धनगढी उपमहानगरपालिकाले तोकेको खोप केन्द्र धनगढी कभर्डहलमा भने खोपका लागि सर्वसाधारणको घुइँचो लागेको छ।

पहिलो चरणको खोप लगाउन डराएकाहरू पनि अहिले खोप केन्द्र खोज्दै आउने गरेका छन्। खोप लगाउनेहरूको अत्यधिक भीड बढेपछि प्रहरी व्यवस्थापनमा खटिएको थियो। तर, वडा प्रहरीले भीडलाई व्यवस्थित गर्न नसकेर पन्छिएको छ।

खोपको कार्डमा नाम लेख्ने स्वास्थ्यकर्मीलाई सर्वसाधारणले वरिपरिबाट घेराबन्दी गर्ने गरेका छन्। बजारमा भीडभाड बढ्यो भन्दै निषेधाज्ञा गरिरहेका बेला खोप केन्द्रमा भने स्वास्थ्य मापदण्डको पालना भएको छैन।

अहिले भेरोसेल खोप ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई दिइन लागेको हो। तर स्वास्थ्य कार्यालय कैलालीले भने बालबालिकाबाहेक सम्पूर्ण नागरिकलाई खोप लगाएको छ। पहिलो पटक खोप लगाउन छुटेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार र अन्य कर्मचारीलाई पनि उपलब्धताको आधारमा खोप लगाइँदैछ। कैलालीका लागि २६ हजार डोज आएको जिल्ला स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.